भन्सार छलेर भारततर्फ लैजादै गरेको मरिच बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

भन्सार छलेर भारततर्फ लैजादै गरेको मरिच बरामद

marich

बाँके, २५ साउन । बाँकेको नेपालगन्जबाट प्रहरीले भन्सार छलेर भारततर्फ लैजादै गरेको मरिच बरामद गरेको छ । सशस्त्र प्रहरीले २ सय ४० किलो अवैध मरिच नेपालगन्ज भन्सार नाका हुँदै भारतको रुपैडिहा लैजान लागेको अवस्थामा बरामद गरेको हो ।

ना २ ख ७२६ नम्बरको अटोरिक्साबाट भारततर्फ लैजाँदागर्दा उक्त मरिच बरामद गरेको एसपी भेषबहादुर शाहीले जानकारी दिए । बरामद गरिएको मरिच झण्डै दुई लाख ५६ हजार रहेको छ ।

बरामद गरिएको मरिच प्रहरीले अनुसन्धानको लागि नेपालगन्ज भन्सार कार्यालयमा पठाएको छ । नेपालमा प्रतिकिलो ९ सय रुपैयाँ रहेको मरिच सीमापारी प्रतिकिलो १ हजार २ सय रुपैया रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);