मरिच तस्करीमा संलग्न व्यवसायी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ ११ २०७९, बुधवार

मरिच तस्करीमा संलग्न व्यवसायी पक्राउ

sanjay agrawal

वीरगन्ज, ७ असार । मरिच तस्करीमा संलग्न रहेको आरोपमा वीरगन्जका व्यवसायी संजय अग्रवाल पक्राउ परेका छन् । राजश्व विभागले ग्लोबल लेदर टेनिङ्ग इण्डष्ट्रिजका सञ्चालक अग्रवाल मरिच तस्करीमा संलग्ता देखिएपछि राजश्व विभागले थुनामा पठाएको हो ।

विभागले ३ करोड ७६ लाख ८० हजार रुपैयाँ घरौटी माग गरेको थियो । धरौटी रकम उपलब्ध गराउन नसकेपछि विभागले थुनामा पठाएको हो । यसअघि मरीच बोकेको ट्रकका चालक र भन्सार एजेण्ट दिलीप श्रीवास्तवलाई पनि पक्राउ गरिएको छ ।

पछिल्लो समय वीरगन्ज नाकाबाट मरिचको तस्करी बढेपछि राजश्व विभाग र प्रहरीले निग्रानी बढाएको छ ।