भाईको हत्या गरेर प्रहरी समक्ष आत्मसमर्पण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भाईको हत्या गरेर प्रहरी समक्ष आत्मसमर्पण

hattya

मेगराज खड्का
रुकुम  ७, असार । आफ्नै भाईको हत्या गरेर रुकुम पश्चिममा एकजनाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन । रुकुम जिल्लाको आठबिसकोट नगरपालिका ठुली वार्खुका रुद्रे पुन मगरले सहोदर भाई जोख बहादुर भन्ने ईन्द्रे पुन मगरलाई हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुमले बताएको छ ।

प्रहरी निरिक्षक ऋषि ढुंगानाका अनुसार उनीहरु दुबैजना अंश बण्डाको कामको शिलशिलामा सदरमुकाम खलंगा आएर घर फर्कने क्रममा बाँफिकोट गाउँपालिका वडा नं. ६ मग्मा स्थित डिल्ली पुनको घरमा बसेका थिए ।

जहाँ अंशबण्डाको मुद्दा बिषयलाई लिएर विवाद गर्दा निज रुद्रे पुन मगरले भाई ईन्द्रे पुन मगरलाई दाउरो प्रहार गरी हत्या गरेको खुल्न आएको हो । घटनाको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);