सिन्धुपाल्चोक लागर्चेका विपन्न युवालाई करोडौ राजश्व छलीको मुद्दा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सिन्धुपाल्चोक लागर्चेका विपन्न युवालाई करोडौ राजश्व छलीको मुद्दा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–८ लागर्चेका विपन्न युवालाई करोडौको राजश्व छलीको मुद्दा लागेको छ । तर राजश्व छलीमा फसाउने र राजश्व नतिर्ने ठगहरूले उन्मुक्ति पाएका छन् ।

सिन्धुपाल्चोक लागर्चेका युवाहरूले जागिर र पाँच हजार रुपैयाँको प्रलोभनमा पाँच वर्षअघि अन्जान व्यक्तिलाई आफ्नो नागरिकता दिनुका साथै बैंक खाता खोल्ने र नपढी कागजमा हस्ताक्षर गरेका थिए । पाँच वर्षपछि अदालतले ‘तिम्रो नाममा खोलिएको कम्पनीले १२ करोड राजश्व छली गरेको’ भन्दै भुक्तानीको लागि पत्र काटेपछि २४ वर्षका पुरुषोत्तम धिताल राजश्व छली मुद्दामा कहिले पक्राउ पर्ने त्रासमा छन् ।

धितालसँगै लागर्चे गाउँँका दीपक अधिकारी र दीपक भुजेलको नाममा पनि राजस्व अनुसन्धान विभागले उस्तै व्यहोराको पत्र पठाएको छ । राजस्वले काटेको पत्रमा उनीहरुकोे नामक कम्पनी दर्ता भएर कारोबार भएको छ । तर यी युवाहरू गाउँमा सामान्य मजदुरी गरेर बसिरहेका छन्, कोही काठमाडौं जागिर गर्दै छन्, कोही रोजगारीको लागि विदेशमा छन् । 

सम्पर्कमा आएका १३ जना युवाले गाउँकै युवराज खड्कामार्फत पैसा पाइने लोभमा लक्ष्मण यादवलाई नागरिकता बुझाएको बताएका छन्  । राजश्व छलीमा परेपछि राजन भुजेलको दुई वर्षदेखि काम गरेको तलब खातामा रोकिएको छ ।

अदालतका कर्मचारीले उनीहरुको नाममा दर्ता भएको कम्पनीले झन्डै १२ करोड रुपैयाँको कर छलेको र मुद्दा सुरु भएपछि धरौटीमा छुट्दा पनि कम्तीमा २० लाख रुपैयाँ लाग्न सक्ने बताए । 
गाउँका सोझा साझा युवालाई राजश्व छलीको आरोपमा फसाउने लक्ष्मण राय यादव यसअघि किर्ते मुद्दामा तीन वर्ष सजाय पाएका व्यक्ति हुन् । यादव जस्ता व्यक्तिहरुले  कम लेखपढ भएका र जागिरको खोजीमा रहेका युवाहरूका नाममा कम्पनी खडा गरी राजश्व छली गरी कानुनी झमेलामा पारेका छन् । 

गाउँका युवाका नाममा कसैले कम्पनी खोलेर करोडौंको राजस्व छली भएको भन्ने घटनाबारे जानकार रहेको लागर्चेका वडाध्यक्ष विष्णु खड्काले बताए । मेलम्ची बजारबाट करिब १२ किलोमिटर उत्तरमा रहेको लागर्चेका युवाहरू ठगको जालोमा परेर राजश्व छलीको अभियोग मुद्दामा फसेका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);