विद्युतका कर्मचारी मृत फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विद्युतका कर्मचारी मृत फेला

काठमाडौं । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बैतडीमा कार्यरत कर्मचारी मृत फेला परेका छन् । मृत फेला पर्नेमा दशरथचन्द नगरपालिका–२ देहिमाडौंका ४५ वर्षीय मानसिंह रावत रहेको प्रहरीले जनाएको छ ।

बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बिहीबारदेखि सम्पर्कविहीन रावतको खोजी गर्दा घर नजिकै मृत फेला परेको बताएका छन् । रावतको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान थालिएको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);