हिउँ खेल्न पहाड चढे आन्तरिक पर्यटक | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

हिउँ खेल्न पहाड चढे आन्तरिक पर्यटक

धनगढी । सुदूरपश्चिमका पहाडी क्षेत्र आन्तरिक पर्यटकले भरिएका छन् । बिहीबारदेखि भएको हिमपातपछि तराईबाट हिउँमा खेल्न पहाड जाने पर्यटक बढेका हुन् ।

हिउँको दृश्य अवलोकन गर्न पहाड चढेको धनगढीका समीर भण्डारीले बताए । ‘मैले अहिलेसम्म हिउँमा खेल्न पाएको थिएन,’ उनले भने, ‘यसवर्ष हिउँ खेल्न पहाड चढेको हुँ ।’ कञ्चनपुरको कृष्णपुर नगरपालिका-३ का योगेन्द्र जोशीले पनि हिउँ खेल्न साथीसँग पहाड चढेको बताए । 

‘तराईमा हिउँ पर्दैन,’ उनले भने, ‘त्यसैले हिउँ खेल्न पहाड चढेका हौं, यहाँको दृश्य निकै सुन्दर छ ।’ हिमपातको दृश्य अवलोकन गर्दै कैलालीसँग सिमाना जोडिएको डोटीको गैरासम्म जानुपर्छ । भीमदत्त राजमार्ग हुँदै कैलालीबाट गैरासम्म पुग्न निजी सवारीमा दुई घण्टा लाग्नेगर्छ । 

हिउँको दृश्य अवलोकन गर्न र हिउँसँग खेल्न चिसोको प्रवाह नगरी कैलाली कञ्चनपुरका हजारौं मानिस गैरासम्म पुगेका छन् ।

तराईबाट हिउँ खेल्न मानिस पहाड चढ्दा त्यहाँका व्यवसायीको व्यापार पनि बढेको छ । हिउँमा खेल्न आएका मानिसहरूले केहीनकेही खानेकुरा किनेर खाने गर्छन्,’ गैराका स्थानीय व्यवसायी प्रेम बोहराले भने, ‘जसका कारण यहाँको व्यापार बढेको छ ।’ हिउँ खेलेपछि मानिस खाजाका लागि प्राय होटेलमा छिर्ने गरेको भन्दै उनले हिमपातका कारण स्थानीय होटेल व्यवसायीलाई बढी फाइदा भएको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);