बाजुरामा हिउँमा रमाउने आन्तरिक पर्यटकको घुँईचो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

बाजुरामा हिउँमा रमाउने आन्तरिक पर्यटकको घुँईचो

मदन विक
बाजुरा, १३ माघ । धेरै समय पछि बाजुरा सदरमुकाम आसपासमा हिउँ परेपछि आन्तरिक पर्यटकको घुईंचो लागेको छ । हिमपातले ढाकेका मनोरम दृष्य हेर्नका साथै हिउँ खेल्नेहरुको अहिले बाजुरा जिल्ला वाहिरबाट पनि ठुलो संख्यामा सर्वसाधरणहरु आएका छन् ।

बाजुरा सदुरमुकाम मार्तडी आसपास क्षेत्र, पोरखे लेख, खडाडिल, बडालेख, पाण्डुसैनमा हिउँ खेल्ने सर्वसाधरणको भिड लागेको हो ।

बाजुरामा गत सोमबारबाट भारी हिमपात भएको छ । अहिलेपनि कतिपय ठाउँमा हिउँ परिरहेको छ । धेरैवर्ष पछि यस ठाउँमा हिउँ परेपछि दैनिक ५ सय भन्दा बढी युवा यूवतीहरु २ देखि ४ घन्टाको पैदलदुरी हिँडेर हिउँ खेल्न आईपुगेका छन् ।

हिमपातले ढाकेका मनोरम दृष्य नियाल्नका लागि चिसोको प्रवाह नगरि उनीहरु दिनभर हिउँमा रमाउने गरेका छन् । यता, हिउँसंगै बाजुरामा चिसो पनि बढेको छ । चिसोले मानिसहरुको दैनिकी प्रभावित भएको छ । मानिसहरु जाडो छल्न आगो र वाक्लो लुगा लुगाएर बसेका भेटिन्छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);