पाँचथरको पौवा भन्ज्याङ आसपासको क्षेत्र हिउँले सेताम्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

पाँचथरको पौवा भन्ज्याङ आसपासको क्षेत्र हिउँले सेताम्य

इलाम, २६ पुस । यतिबेला उच्च पहाडी क्षेत्रमा हिउँ परेर डाँडाहरु सेताम्य बनेका छन् । नेपाल भ्रमण वर्षको सुरुवात देखि नै परेको इलामका उच्च पहाडी क्षेत्रमा परेको हिउँ अझै पनि पग्लिएको छैन ।

हिउँ हेर्न र खेल्नकै लागि इलाम तथा पाँचथरको तल्लो भेग र सदरमुकाम लगायतका पर्यटक उच्च पहाडी क्षेत्र गएर मनोरञ्जन लिइ रहेका छन् । इलामको सन्दकपुर र पाँचथरको पर्यटकीय स्थल साधुटार लगायतका स्थानमा हिउँ खेल्ने पर्यटकहरुको भिड लागेको छ ।

अत्याधिक चिसोका कारण उच्च पहाडी क्षेत्रहरुमा भएको हिमपातसंगै यतिबेला पहाडी क्षेत्रका सडक तथा डाँडा पाखाहरु सेताम्य भएका छन् । पाँचथरको पौवा भन्ज्याङ आसपासका घरका छाना, रुख, भिरालो जमीन, खोँच, सडक सबै हिउँले सेताम्य बनेको छ ।

बढ्दो चिसोसँगै स्थानीयको जनजीवन केही कष्टकर बनेको छ । इलामको सन्दकपुर र पाँचथरको पर्यटकीय स्थल साधुटारमा हिउँ खेल्नका लागि पुग्ने पर्यटकहरुको भीड लागेको छ ।

हिउँले सडकमा सवारीसाधन आवतजावतका लागि समस्या भएपनि पर्यटकहरु हिउँ खेलेर मनोरञ्जन लिइरहेका छन् । हिमाललाई नजिकबाट नियाल्दै रमणीय दृश्य हेर्दै हिउँ खेल्न पाउँदा निकै रमाइलो भएको र अरु पनि घुम्न आउनु पर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको भनाई छ ।

हिमपातका कारण इलामको सन्दकपुर, कालपोखरी, जौबारी, तुम्लिङलगायत सीमावर्ती पर्यटकीय बजार सेताम्मे भएका छन् । हिमपातपछि यहाँका व्यवसायी र पशुपालक कृषक भने समस्यामा छन् ।

यस क्षेत्रमा घर बाहिर निस्कने अवस्था नभएकाले धेरैले आगो तापेरै दिन बिताउने गरेका छन् । हिउँपरेपछि घाम लागेर हिउँ पग्लन थालेपछि सडक चिप्लो भएकाले जोखिम भने रहेकै छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);