पृथ्वी नारायण शाहको दिव्योपदेश सम्झनु पर्नेमा सरोकारवालाकाे जाेड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पृथ्वी नारायण शाहको दिव्योपदेश सम्झनु पर्नेमा सरोकारवालाकाे जाेड

काठमाडौं, २६ पुस । मुलुक अहिले भष्ट्राचारमा लिप्त भएको अबस्थामा पृथ्वी नारायण शाहको दिव्योपदेश सम्झनु पर्ने सरोकारवालाहरुले बताएका छन् । पृथ्वीनारायण शाहले एकीकरण गरेको मुलुकलाई नेताहरुले आफ्नो स्वार्थ अनुरुप चलाएर भष्ट्राचारमा लिप्त गराएको भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।

पृथ्वीजयन्तीको पूर्व सन्ध्यामा राजधानीमा शनिबार आयोजित कार्यक्रममा सहभागीहरुले सुन्दर शान्त नेपाललाई नेताहरुले आफ्नो निहित स्वार्थका लागी अशान्त र कुरुप बनाएको आरोप लगाएका छन् ।

पृथ्वीनारायण शाहाले बाइसे चौबिसे राज्यलाई एकिकरण गरेर नेपालमा रहेका बिभिन्न जातजाति र भाषा भाषिहरुलाई चार बर्ण छत्तिस जातको फुलबारी बनाएको नेपाललाई पछिल्लो समयमा नेताहरुले स्वार्थ पुर्तिको माध्यम बनाएको उनीहरुको भनाइ छ ।

केही समय पहिले पुस २७ गते राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको जन्मोत्सवको अवसरमा बिदा दिने गरेको भएपनि लोकतन्त्र आएपछि भने सरकारले बिदा कटौती गरेको छ ।

पृथ्वीनारायण शाहको योगदानले गर्दा आज हामी नेपाली भनेर गर्वको साथ विश्व सामु चिनिएका छौ । नेपाल एकिकरणको नायक, राष्ट्र निर्माताको सम्मानमा पृथ्वीजयन्ती राष्ट्रिय स्तरमै मनाउनु पर्ने सरोकारवालाको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);