बहिरा तथा सुस्तश्रवण संघको २० औँ साधारण सभा बुटवलमा सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

मंसिर ६ २०८३, आइतबार

बहिरा तथा सुस्तश्रवण संघको २० औँ साधारण सभा बुटवलमा सम्पन्न

butwal upamahanagar palika

बुटवल, २६ पुस । बहिरा तथा सुस्तश्रवण संघको २० औँ साधारण सभा बुटवलमा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै बुटवल उपमहानरपालिकाका प्रमुख शिवराज सुवेदीले अपाङ्गता आफैमा कुनै पनि दोष नभएको बताउनुभयाे ।

उहाँले सबैको साझा अभियानबाट बुटवल मानवताको नगर बन्न सफल भएको भन्दै अपाङ्गता भएका नागरिक पनि नगरको प्रमुख प्राथमिकतामा परेको बताउनुभयाे ।

कार्यक्रमामा बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष भिम बहादुर श्रेष्ठले सबैको साथ र सहयोग पाएमा अपाङ्गता भएका व्याक्तिहरु सफल हुने धारणा राख्नुभयाे ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पुर्व बरिष्ठ उपाध्यक्ष देवी बहादुर पोखरेल, राष्ट्रिय वहिरा तथा सुस्त श्रवण संघका केन्द्रीय अध्यक्ष लक्ष्मी देवकोटा, वहिरा विकास केन्द्र नेपालका कार्यक्रम संयोजक कुमार रेग्मी, राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश ५ सदस्य सावित्रा घिमिरे, संघका उपाध्यक्ष नेत्र कुमार मल्ल लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।

कार्यक्रममा बोल्दै महासचिव पिताम्बर लम्सालले बहिरासंघले आगामी दिनमा वहिरा तथा सुस्तश्रवणको तथ्यांक संकलन गर्ने, वहिराहरुका सुस्तश्रवण सम्बन्धी पत्रपत्रिका प्रकाशन गर्ने, जनचेतानामुलक कार्यक्रम गर्ने, कार्यालय सञ्चालन गर्ने, नेपाली सांकेतीक भाषा सञ्चालन गर्ने, लगायतका कार्ययोजना रहेको जानकारी दिनुभयाे ।

प्रादेशिक अध्यक्ष काशिराम न्यौपानेले अपाङ्गता भएका व्याक्तिहरु त्यसमा पनि बहिराहरुको लागि परिचय पत्रका लागि पहल गर्ने, कार्यालय भवनको लागि समेत आर्थिक संकलन गर्ने योजना रहेको जानकारी दिनुभयाे ।

उहाँले प्रत्येक कार्यालय वा स्थानिय तहका कार्यालयहरुमा अनिवार्य रुपमा दोभाशेहरुको दरबन्दी स्वीकृत गर्नुपर्नेमा समेत जोड दिनुभयाे ।