सुर्ती सेवन गरेर आउने सेवाग्राहीलाई कार्यालय प्रवेशमा रोक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सुर्ती सेवन गरेर आउने सेवाग्राहीलाई कार्यालय प्रवेशमा रोक

कपिलबस्तु, २६ पुस । कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले सुर्तीजन्य पदार्थ सेवन गरेर आउने सेवाग्राहीलाई कार्यालयमा प्रवेशमा रोक लगाएको छ ।

स्वस्छ, सफा र राम्रो वातावरण बनाउने नीति अनुरुप कार्यालय परिसरमा सुर्ती जन्य पदार्थ सेवन गर्न रोक लगाईएको हो । यस्तो काम नगर्न कार्यालयका परिसरमा सूचना टाँस गरिएको छ । सूचनाको विरुद्धमा काम गर्नेलाई कारबाही गरिने प्रशासकीय अधिकृत मनोज शैनीले जानकारी दिनुभयो ।

जिल्लाका विभिन्न कार्यालयहरुमा कार्यालय भित्र कर्मचारी र सेवाग्राहीले पान, गुट्का र सूर्ती खाएर जथाभावी थुक्ने र फोहर गरेर दुर्गन्ध बढेकोले यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);