कास्कीको गोस्तेघाटमा बस्दै आएका सुकुम्वासीलाई समस्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

कास्कीको गोस्तेघाटमा बस्दै आएका सुकुम्वासीलाई समस्या

पोखरा, २६ पुस । पोखरा महानगरपालिका–१६ को गोस्तेघाटमा २०४७ सालदेखि सुकुम्वासी बस्ती बसेकोे छ । ४८ घर रहेको यस सुकुम्वासी बस्तीमा पर्वत, धादिङ, स्याङ्गजा, बाग्लुङ्ग, पर्वत, तनहुँ लगायतका जिल्लाका नागरिकहरु बसोबास गर्दै आईरहेका उनीहरुले बर्षौँदेखि खानेपानी, विद्युत्, शौचालय, बाटो लगायतका समस्याहरु भोग्दै आएका छन्।

यसमा सुकुम्वासीहरुका लागि सबैभन्दा विकराल समस्या बनेको छ लालपुर्जा । हरेक निर्वाचन अघि उम्मेद्वारहरुले आफुहरुलाई लालपुर्जा दिलाउने र अन्य समस्याहरु समाधान गरिदिने प्रलोभन देखाएपनि समस्या भने ज्यूँका त्यूँ छ ।

यता, पोखरा महानगरपालिका–१६ ले भने सुकुम्वासी वस्तीका खानेपानी तथा शौचालयको समस्या समाधानका लागि पहलहरु भईसकेको जनाएको छ । लालपुर्जा प्रदानका लागि भने केन्द्रबाटै नीति बनेर आएमा सुकुम्वासीहरुको सहयोगका लागि वडाले सक्दो पहल गर्ने वडा अध्यक्ष जिवन प्रसाद आचार्यले जानकारी दिनुभयो ।

सुकुम्वासी समस्या धेरै लामो समयदेखि बल्झिँदै आएको समस्या हो । बस्तीमा खानेपानी देखि शौचालयसम्मको समस्याले त झेलिएका छन् नै बर्षाको समयमा सेती नदीले ज्यान लाने डरमा बस्न बाध्य छन् ।

सरकारले भुमिहिन सुकुम्वासीहरुलाई लालपुर्जा वितरण गर्न नीति ल्याउने तयारी गरेको कुराले भने सुकुम्वासीहरुमा आशा पलाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);