हिउँ परेपछि कसैलाई फोटो र टिकटक खिच्न भ्याइ-नभ्याई, कसैलाई कष्टकर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

हिउँ परेपछि कसैलाई फोटो र टिकटक खिच्न भ्याइ-नभ्याई, कसैलाई कष्टकर

सिन्धुपाल्चाेक । सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र हेलम्बु, त्रिपुरासुन्दरीको लब्से, बाह्रबिसेको सोताङ, गोब्रे, ओखरेनी, पाँचपोखरीको उच्च क्षेत्रमा हिमपात सुरु भएसँगै जनजीवन प्रभावित बनेको  छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको शेर्माथान, आमा याङ्ग्री, तार्केघ्याङ, ठाडेपाटी, मेलम्ची घ्याङलगायत उच्च भूभागमा मंगलबारदेखि बाक्लो हिमपात सुरु भएको हो ।

बिहीबार बिहानैदेखि हल्का वर्षासहित हिमपात सुरु भएसँगै जिल्लाको उच्च भूभागमा जनजीवन प्रभावित बनेको हो । खासगरी हिउँका कारण बालबालिका र जेष्ठ नागरीक, पशुचौपाय मारमा परेका छन् । 

किसानहरू कामका लागि घरबाहिर निस्कन सकेका छैनन् । हिमाली क्षेत्रमा बाक्लो हिमपात परेपछि हिउँ खेल्नेहरुको चहलपहल बढेको छ । काठमाडाैं र नजिकको बजारबाट हिँउ खेल्नेहरू आउन थालेको मुडेमा होटल व्यवसाय सञ्चालन गर्दै आएका विनोद तामाङले बताए । 

यस्तै पाँचपोखरी थाङ्पाल गाउँपालिकामा पनि हिउँ परेको छ । भोताङ, बरुवाको लथाङ र बगाम, ग्याङ खर्क, गुन्साको च्योच्यो डाँडा, नागीडाँडा आसपासमा हिउँ परेको छ ।

पाँचपोखरी थाङ्पाल गाउँपालिकाका माइते तामाङले भने, ‘बाहिर निस्किन सक्ने अवस्था छैन,  बच्चा र बुढा आमाबुवालाई निकै गाह्रो भएको छ ।पशुचौपायलाई के खुवाउने कसरी जोगाउने भएको छ । घरको छानादेखि सडक, वनजंगल हिउँले ढाकेर सेताम्यै बनेका छन् ।’ 

शेर्माथानमा तीनदेखि चार इन्चसम्म हिउँ परेको छ । हिउँ परेपछि कोही फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न आतुर छन् भने कोहीलाई दिन बिताउन कष्ट भएको छ । हिमपात सुरु भएपछि सिन्धुपाल्चोकमा पनि चिसो बढेको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);