काठमाडौं अासपासका डाँडाकाँडा सहित उच्च हिमाली भेगमा भारी हिमपात | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाडौं अासपासका डाँडाकाँडा सहित उच्च हिमाली भेगमा भारी हिमपात

आयुषा पोखरेल
काठमाडाैं, २६ माघ । पश्चिमी वायुको प्रभावका कारण बिहीवारदेखि देशैभर वर्षा भएको छ । लामो समयसम्म मौसममा बदली हुँदा काठमाडाैं उपत्यका अासपासका डाँडाकाे साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी मात्रामा हिमपात भएको छ । हिमपातका कारण त्यहाँको जनजीवन प्रभावित भएपनि किसानहरुमा भने उत्पादन वढ्ने भएकोले खुसी छाएको छ ।

पानी पर्न रोकिएको भएपनि उच्च पहाडी भेगमा परेको बाक्लो हिउँका कारण चिसो अत्यधिक वढेको छ । चिसोले जनजीवन प्रभावित भएको भएपनि काठमाडौ उपत्यका वरीपरीका अग्ला डाँडाँहरुमा समेत वाक्लो हिउँ परेपछि हिउँ खेल्न चाहनेहरुको लागि ती क्षेत्रहरु राम्रो गन्तव्य बन्न पुगेका छन् । शनिबार बिहान चन्द्रागिरी, शिवपुरी, नगरकोट, फूल्चोकीलगायतका डाँडा हिउँले सेताम्मे भएका छन् ।

काठमाडौंबाट देख्न सकिने डाँडाकाँडा हिउँले सेताम्य भएका छन् । काठमाडौं आसपासका डाँडामा हिउँ परेपनि अपेक्षित चिसो भएको छैन । शनिवार विहानसम्म देशभर पानी परिरहेको भएपनि आइतवारदेखि मौसममा क्रमिक सुधार आउने मौसमविद सुजन सुवेदीले जानकारी दिए ।

भूमध्य सागर हुँदै बलियो पश्चिम न्युनचाँपीय प्रणाली नेपाल भित्रिएपछि हिमाली क्षेत्रमा यो पटक विगतमा भन्दा बाक्लो हिमपात भएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यस पटकको न्युनचाँपीय प्रणाली विगतका हिउँदको भन्दा बलियो भएपछि बाक्लो हिमपात भएको बताइएको छ ।

भूमध्येसागरबाट सिरिया, इरान, अफगानिस्तान, पाकिस्तान र उत्तर पश्चिमी भारत हुँदै न्युनचापीय प्रणाली गत सोमवार नेपाल भित्रिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);