आन्तरिक परीक्षाको व्यवस्था गर्न अस्थायी शिक्षकको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

आन्तरिक परीक्षाको व्यवस्था गर्न अस्थायी शिक्षकको माग

काठमाडौं, २६ माघ । अस्थायी तथा करार शिक्षक केन्द्रीय संघर्ष समितिले आन्तरिक परीक्षाको व्यवस्था गर्न सरकारसंग माग गरेको छ । समितिले शनिबार रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गरि उमेरको हदबन्दी नलगाई सम्पूर्ण अस्थायी, करार तथा विविधकारणले आन्तरिक परीक्षाबाट बञ्चित सबै शिक्षकलाई पुनः आन्तरिक परीक्षाको व्यवस्था मिलाउन सरकारसंग माग गरेको हो ।

समितिले सेवावाट अवकास लिन चाहने शिक्षकहरुलाई औषधी उपचारको एकमुष्ट रकम सहित स–सम्मान विदा गर्न पनि आग्रह गरेको छ ।

अस्थायी/करार शिक्षकहरुले माग पुरा नभए आगामी २९ गते देखि मुलुकभरका विद्यालयबाट शिक्षकहरुलाई राजधानी झिकाई दबाबमुलक आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् । संघर्ष समितिका संयोजक हेमनाथ चौलागाईले सरकारले आफुहरुको माग सम्बोधन नगरे आन्दोलमा उत्रने चेतावनी दिए ।

संघर्ष समितिले माग सम्बोधनका लागि सरकारलाई दबाब दिन आगामी फागुन २ गते सत्तारुढ दल नेकपाको कार्यालयमा धर्ना दिने कार्यक्रम सार्वजनिक गरिसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);