सांसदले पुस्तक पढ्दैनन्, पढेकाले पनि फिर्ता गर्दैनन् (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सांसदले पुस्तक पढ्दैनन्, पढेकाले पनि फिर्ता गर्दैनन् (भिडियोसहित)

सिता शर्मा
काठमाडौं, २६ माघ । सांसदहरुलाई अध्ययन गर्न र सूचना लिनका लागि सिंहदरवार भित्रै संघीय संसद सचिवालयमा पुस्तकालय छ । सांसदलाई सूचनाको लागि सजिलो बनाउन स्थापना गरिएको पुस्तकालय प्रायः सुनशान हुने गर्छ ।

पुस्तकालयमा जाँदा सांसदहरु भेटिदैंनन् । पुस्तकालय व्यवस्थापन गर्न बसेका कर्मचारी र पुस्तक बाहेक अरु त्यहाँ कोहि देखिंदैनन् । पुस्तकालयमा हजारौं पुस्तक छन् तर ती पुस्तक अध्ययन गर्ने कोही छैन ।

सांसदहरुलाई नै केन्द्रित गरेर स्थापना गरिएको संघीय संसद सचिवालयको भवन न २ को तल्लो तलामा पुस्तकालयको व्यवस्था गरिएको छ । पुस्तकालयमा दैनिक रुपमा प्रकाशित हुने १८ वटा दैनिक पत्रिका दुई दुई प्रति, २१ वटा साप्ताहिक र ९ वटा मासिक पत्रिका ल्याइन्छ ।

तर ती पत्रपत्रिकाले पनि अध्ययन गर्ने व्यक्ति पाउँदैन । दैनिक रुपमा पुग्ने पत्रपत्रिका यत्तिकै थन्किने गरेका छन् । पुस्तकालयमा सांसदहरुलाई मात्र प्रवेशआज्ञा छ । दैनिक मुश्किलले एक दुई जना सांसदमात्र पुस्तकालयमा प्रवेश गर्दछन् । जानु त परकोे कुरा यतिसम्म की कतिपय सांसदलाई त पुस्तकालय कहाँ छ भनरे थाहा पनि छैन ।

हामीले पुस्तकालयमा राखिएको माननिय ज्युहरुको पुस्तकालय भ्रमण पुस्तिका विवरण हेर्दा यो माघ महिनामा जम्मा १४ जना सांसद पुस्तकालय पुगेको देखिन्छ । जसमा शेरबहादुर कुंवर, कालि बहादुर मल्ल, राजेन्द्र प्रसाद गौतम, प्रकाश पन्त, रामलखन हरीजन, ठगेन्द्र प्रकाश पुरी, टुकराज सिग्देल, पार्वती बिसुंखे, कमला रोका, अग्नि सापकोटा, मिना बुढा मगर, गणेश कुमार पहाडी, रामकृष्ण श्रेष्ठ र हर्क बहादुर बुढा छन् ।

पुस्तकालयबाट एक जना सांसदले कुनै पनि पुस्तक १ महिनाका लागि अध्ययन गर्न लैजाने नियम छ । तर त्यो पुस्तक फिर्ता गरिएन भने जरीवानाको कुनै व्यवस्था छैन । त्यसैले राम्रा राम्रा पुस्तक जसले सुरुमा लग्यो त्यो फर्केर आउने सम्भावना निकै कम देखिन्छ ।

थप जानकारीका लागि भिडियो हेर्नुहोस्>>>

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);