डडेलधुरामा सार्वजनिक पुस्तकालय प्रयोगबिहिन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

डडेलधुरामा सार्वजनिक पुस्तकालय प्रयोगबिहिन

बिमल जैरु
डडेल्धुरा, २९ चैत । डडेल्धुराको सार्वजनिक पुस्तकालयमा हजारौँ पुस्तकहरु भए पनि प्रयोगबिहीन बन्दै गईरहेको छ । पुस्तकालयमा लाखौं मूल्य बराबरका पुस्तक भएपति त्यसतर्फ पाठकको आकर्षण भने देखिएको छैन ।

डडेल्धुरामा २०६१ सालमा डडेल्धुरा सार्वजनिक पुस्तकालयको स्थापना गरिएको थियो । नेपाल सरकार र विभिन्न दातृनिकायको सहयोगमा निर्माण गरिएको पुस्तकालयमा लाखौं मूल्यका पुस्तक पनि राखिएका छन् तर ती पुस्तक अध्ययन गर्ने पाठक भने हुँदैनन् ।

पुस्तकालयमा अध्ययन अनुसन्धानका साथसाथै धार्मिक पुस्तक सहित हजारौँ पुस्तकहरु छन् । तर पुस्तकालय पाठक विहीन छ । पुस्तकालयमा कहिलेकाहीँमात्र पाठकहरु जाने गर्छन् ।

डडेल्धुराका अलावा सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका पुस्तकालयले पनि पाठक पाउन सकेका छैनन् । वर्षौं पहिले खोलिएका पुस्तकालयले बढ्दो आधुनिकतासँगै प्रविधि आत्मसात गर्न नसकेकाले पनि पाठकलाई आकर्षित गर्न नसकेको हुन सक्ने डडेल्धुरा सार्वजनिक पुस्तकालय समितिका सचिव टेकराज पाण्डेयको भनाई छ ।

पुरानै ढर्रामा संचालन भइ सूचना संकलन केन्द्रका रुपमा विकास हुन नसक्नु पनि पुस्तकालयहरुले पाठक नपाउनुको कारण भएकाले आधुनिकतामा जानु पर्ने पाठकहरुको सुझाव छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);