प्रणयदिवस नजिकिँदै गर्दा राजधानीमा प्रेमिल गजल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

प्रणयदिवस नजिकिँदै गर्दा राजधानीमा प्रेमिल गजल

काठमाडौं, २६ माघ । प्रणयदिवसका अवसरमा राजधानीमा शनिवार गजलकारहरुले प्रेमिल गजल गाएका छन् । जीन्दगीको दौडमा तन पुरानो भएपनि मन भने कहिले काँही पुरानो नहुने र प्रेमले जीवनको अन्तिम घडीसम्म पनि मानिसलाई उर्जा प्रदान गरिरहने भावमा गजलकारहरुले आफ्ना श्रृजनाहरु सुनाएका छन् ।

खासगरी युवा पुस्ताको रोजाइमा पर्ने प्रणय दिवसले यसपाली पाको उमेरका गजलकारहरुलाई पनि राम्ररी नै छोएको थियो । गजल गायनमा पाका पुस्ताले प्रेमिल गजल गायन गरिरहँदा मायामा अडेको यो संसार भन्न सकिन्थ्यो । मायाको सरल विश्लेषण अनि परिभाषा गर्न त नसकिएला तर यति अवश्य भन्न सकिन्छ कि यो संसारका हरेक मनहरूमा मायाको गुरुत्वाकर्षण भरिएको छ जसले हरेक हृदय अनि आँखालाई तानिरहेकै हुन्छ ।

मायामा उमेरको हद नहुने भएरै होला पाको पुस्ताका करुण थापाले आफ्नो गजल मार्फत आए आउ काडा टेकी नआएमा केहि छैन तिमी आउने वाटोभरी फूल छर्ने फुर्सद छैन भन्न भ्याए ।

त्यसो त उद्योगपतिको छवी वनाएका बसन्तकुमार चौधरी समेतले प्रेमिल गजल गायन गर्न भ्याए भने चर्चित गजलकार सितल कादम्वीनीले आफ्नो गजल गायन गरिरहँदा हलमा उपस्थित भएकाहरुले ताली नवजारहन सकेनन ।

पछिल्लो समय प्रेम दिवसलाई लक्षित गर्दै साता अघि देखि नै विभिन्न कार्यक्रम गर्ने प्रचलन बढ्दै गएको छ । स्कूलमा लुकाएर दिएको प्रेमपत्र, घण्टौं घोरीएर शब्द रोजी रोजी पठाएका एसएमएसहरु, राती राती लुकेर गरेको च्याट, रिप्लाई कुर्दै अनिदो बसेका रातहरु, पहिलो भेट, जुधेका आँखाहरु अनि सङ्गै भएका बेला निस्किएका थुप्रै निःशब्द प्रेमाभाषका पलहरू मन परेको केटा या केटी सङ्गै हुँदा या बोल्दा महशुस हुने काउकुती अनि अनेक भावनाको रमणिय संसारतर्फ लाने त्यो संसार ।

मायाका कथाहरु याद गर्दै मायाका नयाँ आयामहरुको शुरुवात गर्ने विशेष दिन हो भ्यालेन्टाईन डे । पश्चिमी सभ्यताका आयातित ’डे’ का रुपमा भ्यालेन्टाईन डेलाई आलोचना पनि गरिएको छ । तोकिएको कुनै विशेष मिति भन्दा पनि निस्वार्थ माया महत्वपूर्ण हो । मायाको कुरा गरिन्छ र मानवता आत्मसाथ गरिन्छ भने नेपालीहरुलाई किन समस्या पर्ला र ? मायाको यो दिवस हामी सबैलाई मिठै लाग्छ नी, त्यसैले त विभिन्न क्षेत्रमा कार्यरत रहेका पाका उमेरका गजलकारहरुले प्रणय दिवसकै पूर्व सन्ध्यामा प्रेमिल गजल वाचन गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);