भन्सार कर्मचारीकै मिलेमतोमा भन्सारी छली | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

भन्सार कर्मचारीकै मिलेमतोमा भन्सारी छली

bhansar

विवेक विश्वर्का
रुपन्देही, २ जेठ

भैरहवा भन्सार कार्यालयका कर्मचारीकै मिलेमतोमा भन्सार छलेर सामान पास हुने गरेको खुलासा भएको छ । पश्चिमाञ्चल क्षेत्रीय राजश्व अनुसन्धान कार्यालयले भन्सार छलेर ल्याउदै गरेको सामान बरामद गरेपछि सो खुलासा भएको हो ।

भैरहवा भन्सार कार्यालयबाट कर्मचारी, व्यवसायी र भन्सार एजेन्टको मिलेमतोमा सामान पास हुने गरेको खुलासा भएको छ । पश्चिमाञ्चल क्षेत्रीय राजश्व अनुसन्धान कार्यालयले भन्सार छलेर ल्याउदै गरेको एक्साभेटर र ह्यामर नवलपरासीको दाउन्नेबाट बरामद गरेपछि सो खुलासा भएको हो । राजश्व अनुसन्धान कार्यालयका अनुसार दुईवटा एक्साभेटरको प्राज्ञापन पत्र भएपनि दुईवटा ह्यामरको भने प्रज्ञापन पत्र छैन । तर भैरहवा भन्सार कार्यालयले भने आफूहरुलाई सो बिषयमा जानकारी नभएको बताएको छ ।

एउटा ह्यामरको भन्सार मूल्य १७ लाख बढी छ । दुई ह्यामरको मूल्य ३४ लाख हुन आउँछ । ह्यामर बतास ट्याक्टर प्रालि गौरीधारा काठमाडौं, कार्की रोड्स ढुंगा उद्योग प्रालि बनेपा र हङपाङ निर्माण सेवा प्रालि अत्तेरिया त्रिबेणीका नाममा भ्याट बिल काटिएको छ । तर भ्याट बिलमा सिरियल नम्बर नभएको र फोटोकापी गरिएकाले उक्त भ्याट बिल नक्कली भएको आशंका छ । तर सोे कुरा भन्सार कार्यालयले स्वीकार गरेको छैन ।

पूर्व-पश्चिमका दुईवटा कम्पनीका नाममा भ्याट बिल काटेर सामान काठमाडौ ल्याउनुले कर छली भएको पश्चिमाञ्चल क्षेत्रीय राजश्व अनुसन्धान कार्यालयको आशंका छ । भैरहवा भन्सारका कर्मचारीको मिलेमतोमा बारम्बार भन्सार छलेर सामान पास हुने गरेको छ । भन्सार छली गरेर सामान पास गराउनेलाई कानुनी दायरामा ल्याउनु आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);