बैतडीका स्थानीय नहरको फोहोर पानी प्रयोग गर्न बाध्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बैतडीका स्थानीय नहरको फोहोर पानी प्रयोग गर्न बाध्य

प्रेम भाट
बैतडी, २ जेठ । बैतडीको पाटन नगरपालिकाका स्थानीय फोहर पानी प्रयोग गर्न बाध्य छन् । स्वच्छ खानेपानीको व्यवस्थापन नहुँदा उनीहरु नहरको फोहोर पानी प्रयोग गर्न बाध्य भएका हुन् ।

२०७१ सालमा बैतडीको पाटनलाई नगरपालिका बनाइएको हो । तर नगरपालिकामा स्वच्छ खानेपानीको व्यवस्था भएको छैन । जसको कारण पाटन सहरका व्यवासायी र स्थानीयले नहरको फोहर पानी प्रयोग गर्न बाध्य छन् ।

व्यवसायीहरुले खाना पकाउन, सरसफाई गर्न र पिउनको लागि नहरको फोहोर पानी प्रयोग गर्ने गरेका छन् । निर्वाचनको समयमा जनाएको प्रतिबद्धता अनुसार स्वच्छ खानेपानीको व्यवस्था गर्न स्थानीय सरकारले ढिलाई गरेको स्थानीय र व्यवसायीको गुनासो छ ।

स्थानीय र व्यवसायीले ट्याक्टरमार्फत नहरबाट फोहोर पानी ल्याउने गरेका छन् । सरकारले राजश्व संकलन गरेपनि खानेपानी व्यवस्थापनमा चासो नदिएको व्यवसायीको गुनासो छ ।

स्थानीय तहले पाटन बजार क्षेत्र नजिक पानीको मुहान नभएकाले समस्या भएको भन्दै समाधान गर्न बृहत खानोपानी योजनाका डिपीआर तयार पारिरहेकोे जनाएको छ ।

फोहोर पानीका कारण रोगको संक्रमण बढेको भन्दै स्थानीय र व्यवसायीले स्वच्छ खानेपानीको व्यवस्थापन गर्न माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);