चितवन राष्ट्रिय निकुञ्जद्वारा पाटे बाघ संरक्षण अभियान सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

चितवन राष्ट्रिय निकुञ्जद्वारा पाटे बाघ संरक्षण अभियान सुरु

tiger

चितवन, ७ असार । चितवन राष्ट्रिय निकुञ्जले पाटे बाघ संरक्षण अभियान सुरु गरेको छ । सन् २०२२ भित्र बाघको संख्या दोब्बर बनाउने सरकारको लक्ष्य अनुसार विद्यालयस्तरीय पाटे बाघ संरक्षण अभियान सुरु गरिएको हो ।

बाघ जोगाउन विद्यार्थीको भूमिका महत्वपूर्ण हुने भएकाले विद्यालयस्तरीय पाटे बाघ संरक्षण अभियानको थालनी गरिएको बाघ संरक्षण समितिका अध्यक्ष जितु तामाङले बताए ।

कार्यक्रममा रत्ननगर नगरपालिका प्रमुख नारायण वनले बाघ संरक्षणमा जुट्न सबैलाई आग्रह गरे । सन् २०१३ को तथ्यंक अनुसार नेपालमा १ सय ९८ वटा पाटे बाघ रहेका छन् । जसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा १ सय २० वटा पाटे बाघ रहेको निकुञ्जको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);