नेपालका र भारतमा एउटै प्रक्रियाबाट एकैपटक बाघ गणनाको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काठमाडौँ, १६ असोज ।  बाघ रहेका नेपालका निकुञ्ज, आरक्ष, वन क्षेत्र र तीसँग जोडिएका भारतीय निकुञ्ज एवं वन क्षेत्रमा एउटै प्रक्रियाबाट एकैपटक बाघ गणना गरिने भएको छ ।

निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार नोभेम्बर दोस्रो साताबाट बाघ गणना गर्ने तयारी गरिएको छ । नेपाल र भारतका अधिकारीबीच हालै सम्पन्न बैठकमा दुवै देशमा बाघको गणना एउटै विधि प्रयोग गरी नदोहोरिने गरी गणना गर्ने निर्णय भएको हो । कतिपय बाघ नेपाल र भारतका वन क्षेत्रमा मात्रै रहने भए पनि कतिपयले सीमा क्षेत्रमा दुवै देशको वन क्षेत्रलाई आफ्नो क्षेत्र बनाई बसेकाले दुवै देशमा एकैसाथ गणना गर्दा बाघको संख्या नदोहोरिने खड्काको भनाइ छ । यसअघि पनि दुवै देशमा एकैसाथ बाघको गणना गरिएको थियो तर प्रविधि पनि एउटै प्रयोग गर्न लागिएको यो पहिलो पटक हो ।

नेपालमा सन् २०१३ मा गरिएको बाघ गणनाअनुसार देशभर बाघको संख्या १९८ पुगेकामा चितवन निकुञ्जमा मात्र सबैभन्दा धेरै १२० बाघ थिए । पाटे बाघ नेपालसहित संसारका १४ देशमा पाइन्छ । नेपाल, भारत, चीन, बंगलादेश, भुटान, बर्मा कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, उत्तर कोरिया, रुस, थाइल्याण्ड र भियतनाममा हाल लगभग तीन हजार ९०० बाघ रहेको तथ्यांक छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);