बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बृद्धि

बाँके १५ असोज । बाघ संरक्षणका लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेको छ । गत बर्षसम्म १५ वटा बाघ रहेको निकुञ्जमा चालु आर्थिक बर्षमा बढेर २१ पुगेको छ ।

बाघको संख्या बढेसँगै निकुञ्जमा पर्यटकको संख्यामासमेत वृद्धि भएको निकुञ्जले जनाएको छ । बाघको संख्या बढेपछि स्थापनाको केही वर्षमै सो निकुञ्ज ‘टाइगर टुरिजम’ क्षेत्रका रूपमा विकास भएको छ ।

निकुञ्ज क्षेत्रमा वन र घाँसे मैदान निकै कम भएकाले निकै सहज रूपमा बाघ देखिन थालेकाले पर्यटकको आगमनमा वृद्धि भएको हो । भर्खरै सरकारद्धारा सार्वजनिक बाघको तथ्यांकले समेत बाँके राष्ट्रिय निकुञ्जमा २१ वटा बाघ रहेको पुष्टि गरेको छ ।

पाँच बर्षदेखि क्रमिक रुपमा बाघको संख्या बढिरहेको निकुञ्जका सहायक संरक्षण अधिकृत लालबहादुर भण्डारीले जानकारी दिए ।

निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघहरू देखिन थालेपछि आन्तरिक र बाह्य दुवै पर्यटक आउने क्रम बढेको छ । आठ वर्षअघि स्थापना गरिएको देशकै कान्छो निकुञ्जमा सन् २०१७ मा गणना गर्दा २१ पाटेबाघ भेटिएका हुन् ।

२०६७ वैशाख ३० गते तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालले कालापत्थर सम्मेलन मार्फत बाघ संरक्षणका लागि बाँके निकुञ्ज घोषणा गरेका थिए । बाँके जिल्लाको ५५० वर्ग किलोमिटर क्षेत्र र सल्यान र दाङ्गको ३४३ वर्ग किलोमिटर क्षेत्रलाई निकुञ्ज विस्तार गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);