नेपालमा २३२ भन्दा केही बढी संख्यामा बाघ रहेको सरकारको तथ्यांक जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपालमा २३२ भन्दा केही बढी संख्यामा बाघ रहेको सरकारको तथ्यांक जारी

bag diwas

काठमाडौं, १३ साउन । नेपालमा २३२ भन्दा केही बढी संख्यामा बाघ रहेको सरकारले तथ्यांक जारी गरेको छ । संरक्षित क्षेत्रहरूमा गरेको सर्वेक्षणपछि सो संख्यामा बाघ पुगेको जनाइएको छ ।

सरकारी निकाय, स्थानिय, र बिभिन्न सम्बन्ति निकायको पहलमा सन २०२२ सम्म बाघको संख्यामा दोव्वर बृद्धि हुने बिभागको भनाइ छ । चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका मध्यवर्ती सामुदायिक वन क्षेत्रका २२ हजार वर्ग्किलोमिटर क्षेत्रफलमा बाघको गणना गरिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार देशभर बाघको संख्या बढेको छ ।

मन्त्रालयमा बुझाइएको प्रतिवेदन सार्वजनिक गर्दा केही स्थानमा बाघको संख्या स्थिर रहेको र केही स्थानमा बाघको संख्या घटेको पाइएकाले तथ्यांक छ । पाँच वर्षमा बाघको संख्या बढेकोे छ । विभागका अनुसार शुक्लाफाँटामा बाघको संख्या सन् २००९ मा भन्दा बढेको छैन भने चितवनमा अघिल्लो गणनाभन्दा २२ बाघ घटेको तथ्यांक प्राप्त भएको छ ।

मुलुकभर बाघको संख्या बढे पनि पर्यटकीय क्षेत्र चितवनमा बाघको संख्या घटेको छ । पर्सामा बाघको संख्या झन्डै दोब्बर भएको छ भने पाँच वर्षको अवधिमा चितवनमा २० बाघ प्राकृतिक रूपमा मरेका पाइएको छ भने दुईवटा बाघ भने तस्करले मारेको पाइएको छ ।’ चितवनमा बाघको संख्या घट्नुको कारण अघिल्लो वर्ष नारायणी नदीमा आएको बाढीले बासस्थानमा ह्रास आउनु, चितवनका बाघ पर्सामा सर्नु हो । नेपालले आफ्नो लक्ष्यभन्दा बढी संख्यामा बाघ पु¥याउने निश्चित रहेको निर्देशक खडकाको भनाइ छ ।

विभिन्न निकुञ्जको तथ्यांकअनुसार पर्सामा ३१, शुक्लाफाँटामा १७ तथा ३७ बाघ रहेको बर्दियामा ६८ र १३ बाघ रहेको बाँकेमा १७ वटा बाघ पुगेको विभाग स्रोतले जनाएको छ । चितवनमा बाघको संख्या १२० बाट घटेर ९९ मा झरेको स्रोतले जनाएको छ । विश्वका १३ देशमा मात्र बाघ पाइएको छ । एसियाको नेपाल, भारत, बंगलादेश, थाइल्यान्ड, इन्डोनेसिया, भुटान, लाओस, म्यानमार, उत्तर कोरियालगायतका देशमा बाघ पाइन्छ ।

विश्वमा सबैभन्दा धेरै बाघ भारतमा पाइन्छ भने उत्तर कोरियामा बाघ पाइए पनि त्यहाँ गणना भएको छैन । सय वर्षअघि लाखको हाराहारीमा रहेका बाघको संख्या विभिन्न कारणले घटेर ३ हजारको हाराहारीमा पुगेको तथ्याङले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);