सरकारी जग्गा हाउजिङ कम्पनीलाई | ईमाउण्टेन समाचार

Our Network

जेठ २३ २०८३, आइतबार

सरकारी जग्गा हाउजिङ कम्पनीलाई

jagga

ललितपुर, १३ साउन । खुमलटारस्थित ४२ रोपनी सरकारी जग्गा निजी कम्पनीलाई भाडामा दिएपछि स्थानीयले विरोध गरेका छन्।

रेडियो नेपालको स्वामित्वमा रहेको उक्त जग्गा निजी कम्पनीलाई हाउजिङ निर्माणका लागि भाडामा दिएको विरोधमा स्थानीय आन्दोलित भएका हुन्। उक्त जग्गामा प्राकृतिक विपत्तिका बेला स्थानीयले आश्रय लिँदै आएका छन्।,एक वर्षअघि सूचना तथा सञ्चार मन्त्रालय र रेडियो नेपाल सञ्चालक समितिले उक्त जग्गा भाडामा दिने निर्णय गरेका थिए।

त्यतिबेला निजी क्षेत्रलाई व्यापारिक प्रयोजनका लागि जग्गा भाडामा नदिने सम्झौता भएको थियो। तर, सम्झौता उल्टाउँदै निजी क्षेत्रलाई जग्गा दिएपछि स्थानीयवासी आक्रोशित भएका हुन् । स्थानीयको विरोधपछि कुनै पनि संरचना बनेका छैन।

२०७४ जेठ २९ गते सञ्चार मन्त्रालय र रेडियो नेपालले उक्त जग्गा ३० वर्षका लागि भाडामा दिने निर्णय भएको थियो। त्यसपछि उक्त जग्गा कुवेर ज्ञान हाउजिङ र लक्ष्मी हुन्डाई कम्पनीलाई भवन बनाउन दिइएको थियो। यो खबर आजको नागरिक दैनिकमा छ ।