दोषी पत्ता नलागेसम्म शव नबुझ्ने भन्दै स्थानीय आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

दोषी पत्ता नलागेसम्म शव नबुझ्ने भन्दै स्थानीय आन्दोलित

कञ्चनपुर, १३ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ बर्षिय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विरोधमा स्थानीय आन्दोलित भएका छन् ।

सुरक्षाको ग्यारेन्टी नभएसम्म निर्मलाको शव नबुझ्ने भन्दै स्थानीय आन्दोलित भएका हुन् । शनिबार पीडित पक्ष र प्रशासनबीच सहमती भएपनि स्थानीयले दोषीलाई सार्वजनिक नगरेसम्म शव नबुझ्ने भन्दै आन्दोलित भएपछि परिवारले निर्मालाको शव बुझेका छैनन् ।

स्थानीयले दोषी पत्ता नलागेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । कञ्चनपुरका विभिन्न ६ विद्यार्थी संगठनले पनि विद्यालय बन्द गरेर दोषीलाई कारबाहीको माग राख्दै आन्दोलित भएका छन् ।

उता प्रहरीले घटनाका विषयमा सुक्ष्म अनुसन्धान भइरहेको जनाएको छ । घटनामा संलग्न रहेको आशंकामा पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);