Our Network

माघ ५ २०७८, बुधवार

झापाका स्थानीय आन्दोलित

झापा, ४ साउन । नेपाल विद्युत प्राधिकरणले नियमित विद्युत सेवा उपलब्ध नगराएको भन्दै झापाका स्थानीय आन्दोलित भएका छन् । विर्तामोड, सुरुङ्गा र गरामुनीका स्थानीय प्राधिकरणले नियमित विद्युत सेवा उपलब्ध नगराएको भन्दै आन्दोलित भएका हुन् ।

नियमित विद्युत सेवा उपलव्ध गराउन माग गर्दै स्थानीयले विर्तामोडस्थित प्राधिकरणको कार्यालय घेराउ गरेका छन् । प्राधिकरणले ट्रान्समिटर बिग्रिएको बहाना बनाएर विद्युत सेवा अवरुद्ध पारोको स्थानीयले आरोप लगाएका छन् ।