विद्युत सेवा अनियमित हुदा सेवाग्राहीलाई सास्ती | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

विद्युत सेवा अनियमित हुदा सेवाग्राहीलाई सास्ती

नरी बडु, १९ बैसाख ,बैतडी ।
विगत डेढ हप्तायतादेखि बैतडी जिल्लामा विद्युत सेवा अनियमित हुदा सेवाग्राही सास्ती भोग्न बाध्य भएका छन् । लगातारको मौसम परिवर्तनले हावाहुरी चल्ने र बेलाबेलामा पर्ने चट्याङका कारण विद्युत लाईन खराब हुन

विद्युत सेवा अनियमित हुदा सेवाग्राहीलाई सास्ती

नरी बडु, १९ बैसाख ,बैतडी ।

विगत डेढ हप्तायतादेखि बैतडी जिल्लामा विद्युत सेवा अनियमित हुदा सेवाग्राही सास्ती भोग्न बाध्य भएका छन् । लगातारको मौसम परिवर्तनले हावाहुरी चल्ने र बेलाबेलामा पर्ने चट्याङका कारण विद्युत लाईन खराब हुन थालेपछि उनिहरु सास्ती भोग्न बाध्य भएका हुन् । जिल्लाको दुर्गम क्षेत्रबाट नागरिकता लगायत अन्य सरकारी कामका लागि सदरमुकाम आउने सेवाग्राहीहरुले सामान्य फोटोकपिको लागि पनि घण्टौ कुर्नुपर्ने बाध्यता छ ।

पोल लाईनबाट विद्युत सेवा विस्तार गरिएको यस जिल्लामा समय समयमा विद्युत सेवा प्रभावित हुने गरेको छ । पछिल्लो समय नेपाल विद्युत प्राधिकरण साखा कार्यालय बैतडीले सेवा प्रभावकारी बनाउन अनेक प्रयास गरिरहेको छ तर पनि पुरानो लाईन र विद्युत प्रशाण लाईनमा जंगल पर्ने भएकाले सेवा प्रभावित हुदै आएको छ । बैतडी वितर साखामा नयाँ हाकिम राजेन्द्र लाल देव आएपछि सेवा गुणस्तर भएको महसुस गरेका स्थानीयले वर्तमान समयमा देखिएको समस्या समाधानका लागि पनि पहल गर्न विद्युत प्राधिकरणलाई आग्रह गरेका छन् । सेवा अनियमित हुदा जिल्लामा संञ्चालित संञ्चारमाध्यम समेत प्रभावित भएका छन् । विद्युत सेवा अनियमित हुदा मोबाई पसल लगायत इलेक्ट्रोनिक पसलका व्यवसाईहरु बढी मारमा परेका छन् ।

 

विद्युत लाईन आउने जाने समस्याका कारण उपकरणहरु समेत विग्रने गरेको र विद्युत प्राधिकरणले रुटीन बनाई लाईन काटे आफुहरुलाई पनि सजिलो हुने जिल्लाको गोठलापानीमा रहेको जिके कम्न्यूकेसन हलका संञ्चालक रमेस जोशीको भनाई छ । पहिले नियमित रुपमा विद्युत सेवा दिईरहेको भएपनि लगातारको हावा हुरी र चट्याङका कारण समय समयमा तारहरु चुडिने र फल्ट हुने समस्या देखिएकाले ग्राहाकहरुले समस्या भोग्नु परेको नेपाल विद्युत प्राधिकरण वितरण साखा बैतडीका प्रमुख राजेन्द्र लाल देवले बताउनुभयो ।

 

कर्मचारीको अभाव भएपनि समस्या समाधानका लागि प्राधिकरण संग आवद्ध कर्मचारीहरु सेवा गुणस्तर बनाउन रातदिन लागिपरेको प्रमुख देवको भनाई छ । कर्मचरीहरुले दिनरात खटिरहेको बताएपनि पछिल्लो समय जिल्लामा विद्युत सेवा अनियमित भईरहेको छ । यो समस्या समाधानका लागि नेपाल सरकारले पोल लाईनको सट्टा टावर लाईनमार्फत विद्युत सेवा विस्तार गर्नुका साथै पोलहरुको दुरी छोटो बनाउन जरुरी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);