अघोषित लोडसेडिङले सास्ती | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अघोषित लोडसेडिङले सास्ती

loadseding

प्यूठान, ५ असार । विद्युत अनियमित हुँदा प्यूठानमा उद्योग, व्यापार तथा सार्वजनिक सेवा प्रवाह प्रभावित भएको छ । गर्मी मौसमको सुरुवात देखि विद्युत प्रवाह अनियमित भएको छ । विद्युत आउनेजाने निश्चित नहुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । क्षणभरमै झ्याप्पै आउने–जाने समस्या विद्युतको नियती जस्तै बन्न पुगेको छ ।

पुर्व सुचना बिनै विद्युत कटौति हुने र विद्युत भोल्टेज कम आउने गरेका कारण आफुहरुले समस्या भोग्नुपरेको सेवाग्राहीहरुको गुनासो छ। झिमरुकमा पानी घटेसंगै झिमरुक पावर हाउसबाट हाल विद्युत उत्पादन हुन नसकेको बुट्वल पावर कम्पनी प्युठानका निमित्त प्रमुख डिल्ली ढकालले बताउनुभयो ।

‘भोल्टेज अप–डाउनले समस्या भएको हो।’ ढकालले भन्नुभयो, ‘राष्ट्रिय प्रशारण लाईनमै समस्या छ, यहाँबाट सुधार गर्न सकिदैन् ।’ १३२ केभी प्रशारण लाईनमा ११०÷११२ भोल्टेज मात्रै आपुर्ती हुँदा विद्युत अनियमित हुन पुगेको ढकालले जानकारी गराउनुभयो। ‘पावर हाउसबाट समस्या भएको होईन ।’ ढकालले थप्नुभयो ।

राष्ट्रिय प्रशारण केन्द्र लमही मार्फत प्यूठानमा विद्युत आपुर्ति भैरहेको प्राधिकरण प्यूठान शाखाका प्रमुख जयनन्द बोगटीले बताउनुभयो । ‘ग्रिड स्टेबल छैन् ।’ बोगटीले भन्नुभयो, ‘समस्याबारे बारम्वार केन्द्रमा भनेका छौैँ ।’ दम्तीमा निर्माणाधिन सव–स्टेसन संचालन भए समस्याको स्थायी समाधान हुने बोगटी बताउँनुहुन्छ । एल.डि.सि काठमाण्डौलाई भोल्टेज समस्या मिलाईदिन आग्रह गरिरहेको प्राधिकरणले जनाएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);