व्यक्तिगत ठगी घट्यो, संस्थागत भने उस्तै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

व्यक्तिगत ठगी घट्यो, संस्थागत भने उस्तै

thagi

काठमाडौं, ५ असार । पछिल्लो समय वैदेशिक रोजगारीमा पठाउने भन्दै युवासँग पैसा लिइ ठगी गर्नेमा संस्थागत रूपमा सरकारबाट स्वीकृत लिएका म्यानपावर कम्पनी नै अगाडि देखिएका छन् । पछिल्लो समय व्यक्तिगत रूपमा ठगीका उजरी ५० प्रतिशतले घटे पनि संस्थागत भने घट्न सकेको छैन ।

गत वर्ष १ हजार १ सय व्यक्तिगत ठगीका उजुरी वैदेशिक रोजगार विभागमा परेकोमा चालू आर्थिक वर्षको जेठसम्म भने यो संख्या घटेर ७०० सयमा झरेको छ । यसैगरी, म्यानपावर कम्पनी अर्थात संस्थागत उजुरीको संख्या गत आवमा १ हजार २० रहेकोमा चालू आर्थिक वर्षको जेठसम्म १ हजार ९२ पुगेको छ । यसरी हेर्दा संस्थागत उजुरी चालू आवको एक महिनामा थप बढ्ने देखिन्छ । सरकारले वैदेशिक रोजगारीका विभिन्न क्षेत्रमा सुधार गर्दै लगे पनि सरकारबाट स्वीकृत लिएका म्यानपावर कम्पनी ठगीमा उद्यत रहेको देखिन्छ ।

सरकारबाट स्वीकृति लिएका म्यानपावर कम्पनीबिरुद्ध परेको उजुरीको संख्याका आधारमा व्यक्तिगतभन्दा संस्थागत ठगी मौलाउँदै गएको देखिन्छ । वैदेशिक रोजगारीका क्रममा पैसाको लेनदेन गरी युवालाई बिचल्लीमा पार्नेमा दर्तावाला म्यानपावर कम्पनी नै बढी देखिएका छन् ।

पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपाली ठगीने क्रम बढेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । विदेशिने कति नेपाली ठगीन्छन् भन्ने सबै यकिन तथ्यांक कसैसँग नभए पनि वैदेशिक रोजगार विभागको मासिक तथ्यांकले करोडौंको ठगी हुने गरेको देखाएको छ । आर्थिक वर्ष २०७५(७६ को जेठ महिनासम्म वैदेशिक रोजगारीका क्रममा ठगीमा परेको भन्दै संस्थागत रूपमा उजुरी दिनेको संख्या १ हजार ९२ पुगेको छ । यो समाचार आजको कारोबार दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);