तीन महिनामा डेढ लाख नेपाली विदेशिए, नयाँ कामका लागि जाने घटे | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

काठमाडौं, १० कार्तिक । चालू आर्थिक वर्ष २०७४/७५ को तीन महिनामा एक लाख ४४ हजार नौ सय १८ युवा वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका छन्। सरकारले वैधानिक रूपमा एक सय १० भन्दा बढी मुलुकमा श्रम स्वीकृति दिएर कामदार पठाउँदै आएको छ।चालू आवको तीन महिनामा मात्रै म्यानपावरमार्फत कामका लागि ८३ हजार सात सय ७६ युवा बिदेसिएको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ।

सोही अवधिमा बिदामा आई पुनः विदेश जानेको संख्या भने ६१ हजार एक सय ४२ छ। चालू आवको तीन महिनामा विदेश पलायन भएका युवाको संख्या गत आव २०७३र७४ भन्दा दुई हजार दुई सय ९१ ले बढी हो। गत आव २०७३र७४ को पहिलो तीन महिनामा एक लाख ४२ हजार ६ सय २७ युवा वैदेशिक रोजगारीका लागि विदेश पलाएन भएका थिए।

विदेश जाने युवाको संख्या समग्रमा बढे पनि नयाँ कामका लागि संस्थागत (म्यानपावर) मार्फत विदेश जानेको संख्यामा भने गिरावट आएको छ। गत आवको तीन महिनामा म्यानपावरमार्फत ८८ हजार पाँच सय ५३ युवा अन्तिम श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश पलायन भएका थिए। तर यो संख्या घटेर आव २०७४/७५ मा ८३ हजार सात सय ७६ मात्रै छ। तर यो संख्यामा सरकार आफैले रोजगारीका लागि कोरिया पठाएको कामदार संख्या उल्लेख गरिएको छैन।

नयाँ कामका लागि जाने घटे
चालू आवको साउनमा २८ हजार एक सय २१ युवा म्यानपावरमार्फत विदेश पलायन भएका छन्। गत आवको साउन महिनामा यो संख्या ३२ हजार ७ सय ५२ थियो। यसैगरी चालू आवको भदौमा ३१ हजार ८६ र असोज महिनामा २४ हजार पाँच सय ६९ युवा नयाँ कामका लागि म्यानपावरमार्फत विदेश पलायन भएको विभागले जानकारी दिएको छ। चालू आवको असोज महिनामा भने नयाँ काममा लागि विश्वका विभिन्न गन्तव्यमा काम गर्न जानेको संख्या गत आवको असोजभन्दा झन्डै एक हजार पाँच सयभन्दा बढी छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);