नेतृत्व लिन चाहने ज्ञानेन्द्रलाई ओलीको यस्तो कटाक्ष | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

काठमाडौँ, १० कार्तिक । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा सम्बोधनको क्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाहको अभिव्यक्तिमाथि टिप्पणी गरे। एमाले अध्यक्ष ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति कटाक्ष गर्दै १६ गते उम्मेदवार मनोनयनको समय रहेको बताएका हुन्।

तिहारका अवसरमा पूर्वराजा ज्ञानेन्द्रले ‘नेतृत्व लिन तयार रहेको’ भनी अभिव्यक्ति दिएका थिए। ‘ज-जसलाई नेतृत्व लिन मन छ। १६ गते समय छ। मनोनयन गरे भै गो नि १,’ ओलीले भने। भाइटीकाको दिन पूर्वराजा ज्ञानेन्द्र शाहले जनताले जिम्मेवारी दिए नेतृत्व लिन तयार रहेको अभिव्यक्ति दिएका थिए।

‘एउटा जिम्मेवार नागरिकको हैसियतले मलाई देशको चिन्ता र चासो हुनु स्वभाविकै छ’, पूर्वराजा ज्ञानेन्द्रले भने, ‘अब समय आए जस्तो छ, जनताले जिम्मेवारी दिए म नेतृत्व लिन तयार छु। तर, सबै जनताको इच्छा हुनुपर्छ।’ आजको अन्नपूर्ण पोस्टमा खबर छ।

ताजा समाचार