काठमाडौँ, १० कार्तिक । मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि अन्य दलसँग तालमेल र उम्मेदवार छनोटको गृहकार्यमा जुटेको नेपाली कांग्रेसले संघीय समाजवादी फोरम र राजपासँगको छलफललाई निष्कर्षमा पुर्याउन सकेको छैन।
कार्तिक १६ गते उमेदवार मनोनयन दर्ताको समय भए पनि कांग्रेसले बिहीबारसम्म अन्य दलसँगको तालमेलको लागि क्षेत्र निर्धारण गर्न सकेको छैन।
आफ्नै दलभित्रका आकांक्षी नेता व्यवस्थापन गर्न गाह्रो परिरहेको कांग्रेसलाई तराइका प्रमुख दलहरु समेटेर आफ्नो नेतृत्वमा छुट्टै चुनावी गठबन्धन बनाउन नसक्दा प्रमुख बाम घटक दल एमाले र माओवादी केन्द्रको सहकार्यले आगामी निर्वाचन जित्न चुनौती थपिएको छ। आजको नेपाल समाचारपत्रमा खबर छ।




