चुनावका लागि कैलालीमा पाँचौ बैठकमा पनि हुन सकेन गठबन्धन दलहरुबीच सहमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

चुनावका लागि कैलालीमा पाँचौ बैठकमा पनि हुन सकेन गठबन्धन दलहरुबीच सहमति

नेकपा एसका कारण निर्णय भएन  : दुई दल
दुई दलका कारण समस्या भयो  : नेकपा एस

धनगढी । आसन्न स्थानीय तह निर्वाचनका लागि सत्तारुढ पाँच दलिय गठबन्धनबीचमा बुधबार सम्मपन्न बैठक बिना निष्कर्ष सकिएको छ।
छलफलमा नेपाली कांग्रेसले आफ्नो पार्टीको तयारी नपुगेको भन्दै थप समय मागेको थियो । कांग्रेसले थप समय मागेपछि तालमेलका विषयमा समान्य कुरा भए पनि वैशाख ३ गते पुनः बैठक बस्ने गरी बैठक विना निष्कर्ष टुङ्गिएको हो ।  कांग्रेसले वैशाख २ गते आफ्नो पार्टीको बैठक रहेको र त्यसपछि आधिकारिक धारणा आउने भन्दै धारणा राखेपछि बुधबारको बैठक विना निष्कर्ष टुङ्गिएको छलफलमा सहभागि राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष जगत जोशीले बताए ।

उनका अनुसार मंगबार केन्द्रमा ५ दलले गरेको सहमतिका आधारमा कैलालीमा तालमेलका लागि बुधबार छलफल भएको थियो । तर कांग्रेसले वैशाख २ गते आफ्नो पार्टीको साझा धारणा बन्ने भन्दै तीन गते बैठक बसौं भनेपछि बुधबारको बैठक टुङ्गिएको हो ।

नेपाली कांग्रेसले भने नेकपा एकीकृत समाजवादी पार्टीका कारण बिहीबारको बैठक निष्कर्ष बिहीन बनेको आरोप लगाएको छ । समाजबादी पार्टीले ५ पालिकामा आफ्नो दावी गरेका कारण बुधबार थप निर्णय नभएको नेपाली कांग्रेस कैलालीका उप–सभापति भीम बडुवालले बताए । नेकपा एसको सो धारणा पछि कांग्रेसले थप समय मागेको उनले बताए । ‘हामीले मंगलबार केन्द्रमा भएको निर्णय अनुसार अघि बढ्ने गरी छलफल हुन्छ होला भन्ने ठानेका थियौं,’ नेपाली कांग्रेस कैलालीका उप–सभापति भीम बडुवालले भने, ‘तर उहाँहरुले ५ पालिकामा दाबी गरेपछि निर्णय हुन सकेन हामी पार्टीमा थप छलफल गरेर पुनः संयुक्त बैठक बस्ने छौं ।’

सभापति बडुवालले नेकपा एससंग जनआधार नभएको बताए । एमालले जितेका ठाउँ आफूले पाउँनु पर्छ भन्दै नेकपा एसले दाबी गर्दै आएको छ,’ उनले भने, ‘तर उहाँसंग त्यस अनुसारको संगठन देखिँदैन, नेकपा एसले लचकता अपनाउननु जरुरी छ ।’ नेकपा माओवादी केन्द्रका कैलाली इन्चार्ज हरी ज्ञावालीले पनि समाजबादी पार्टीका कारण बुधबारको बैठकमा थप छलफल हुन नसकेको बताए ।

‘केन्द्रको निर्णय अनुसार २०७४ को निर्वाचनमा एमालेले जितेका पालिकामा संगठनका आधारमा गठबन्धन गर्ने र कांग्रेस, माओवादी, समाजवादी, जसपा र जनमोर्चाले जितेका स्थानमा सोही अनुसार उम्मेदवारी छनौट गर्ने सहमति छ,’ उनले भने, ‘एमालेले जितेका स्थानमा जनआधारलाई आधार मानेर तालमेल गर्नेहो भने कैलालीमा नेकपा एसको बलियो आधार देखिदैन, तर उसले धेरै स्थानमा दावी गर्दा कुरो मिल्न सकेको छैन ।’ एमालेले जितेका स्थानमा तालमेलको सहमति नभए एक्लाएक्लै चुनाव लड्नु पर्ने आफ्नो पार्टीको धारणा रहेको इन्चार्ज ज्ञावालीले बताए ।

नेकपा एकिकृत समाजवादी पार्टीका जिल्ला उप–सचिव दिर्घ जोशी (कापडी)ले भने कांग्रेस र माओवादी केन्द्रका कारण छलफल विना निष्कर्ष टुङ्गिएको बताए । ‘बैठकमा आउने र आफ्ना धारण नै नराख्ने दुई दलको अलमलको नीतिका कारण कुरो मिल्न सकेको छैन, बुधबारको बैठकमा सहभागि उप–सविच जोशीले भने, ‘हाम्रो पार्टीले आफ्ना कुरा प्रष्ट राखिसकेको छ, तर पाचौं पटक सम्म बैठक बस्दा पनि दुई पार्टीको धारणा आउन सकेको छैन ।’

उनले दुई दल मिलेर नेकपा एसलाई एक्ल्याउन खाजेको आरोप लगाए । ‘यसरी बैठकमात्रै बसेर समस्याको समाधान हुने देखिदैन,’ जोशीले भने, ‘अव नयाँ तरिकाले सोच्नुपर्ने वेला आएको छ, हामी पार्टीमा छलफल गछौं ।’ नेकपा एसले कैलालीका ३१ वडा र ५ पालिकामा आफ्नो नेतृत्व माग गरेको उनले बताए ।

कैलालीका २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालले ७ पालिकामा प्रमुख र एक पालिकामा उप प्रमुख जितेको थियो । यसैगरी नेपाली कांग्रेसले ३, माओबादी केन्द्रले दुई र समाजबादी पार्टीले १ स्थानीय तहमा जीत हाँशील गरेको थियो ।

नेकपा एमाले विभाजित भएर बनेको नेकपा एसले अहिले एमालले जीतेका स्थानमा आफ्नो पार्टीको प्रमुख उप–प्रमुख पाउनुपर्ने धारणा राख्दै आएको छ । २०७४ को निर्वाचन जिताउन भूमिका खेलेका नेता तथा कार्यकर्ता आफ्नो पार्टीमा रहेको बताउँदै आएको नेकपा एसले त्यसैका आधारमा पालिकामा दावी गर्दै आएको छ ।

तर नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्र भने एमालेले जितेका स्थानमा समाजबादीले जित्ने आधार नभएको भन्दै सवै सिट छोड्न तयार छैनन् । नेकपा अएसले कैलालीको चुरे गाउँपालिका, गोदावरी नगरपालिका, गौरिगंगा नगरपालिका र मोहन्याल गाउँपालिकामा प्रमुख उप–प्रमुख माग गरेको छ ।

२०७४ मा नेकपा एमालेबाट विजयी मध्य हाल कैलालीमा दुई उप–प्रमुख नेकपा एस तिर लागेका छन् । एमाले विभाजन पछि गोदावरी नगरपालिकाकी उप प्रमुख तन्ता कडायत र मोहन्याल गाउँपालिकाकी उप–प्रमुख पुजावेदी बुढामगरले मात्रै नेकपा एस रोजेकिछन् ।

वैशाख ३ गते भित्र जिल्लामा सहमति गर्न प्रदेशको सर्कुलर 

शत्तारुढ ५ दलिय गठबन्धनको सुदूरपश्चिम प्रदेश समितिले प्रदेशका ९ वटै जिल्लाबाट तालमेलको सहमति गरी बैशाख ती गते भित्र नाम दिन सर्कुलर जारी गरेको छ । बुधबार ५ दल सहभागि प्रदेश स्तरिय बैठकले बैशाख ३ तीन गते दिउँसो २ बजे भित्र सवै जिल्लाबाट तालमेल सहितको सूचि उपलब्ध गराउन निर्देशन दिएको हो ।

नेपाली कांग्रेसका सुदूरपशिचम प्रदेश सभापति बिरबहादुर बलायर, माओबादी केन्द्रका प्रदेश उपाध्यक्ष मान सिंह माल, नेकपा एकिकृत समाजबादी पार्टीका प्रदेश अध्यक्ष दिर्घ सोडारी, राष्ट्रिय जनमोर्चाका प्रदेश अध्यक्ष दन्दराज भट्ट, जनता समाजबादी पार्टीका कैलाली अध्यक्ष गयाँप्रसाद कुस्मीको सहभागिता रहेको थियो ।

बैठकले बैशाख ३ गतेनै जिल्लाबाट आएको खाकामा छलफल गर्ने र प्रदेशमा सहमति हुन नसकेका स्थानीय तहको विवरण केन्द्रमा पठाउने निर्णैय गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);