देशमा रोजगारीका अवसर नपाउँदा वैशाख महिनामा युवा रोजगारीका लागि विश्वका विभिन्न देशमा | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

देशमा रोजगारीका अवसर नपाउँदा वैशाख महिनामा युवा रोजगारीका लागि विश्वका विभिन्न देशमा

yuba baideshik rojgar

काठमाडौं, २२ जेठ । देशमा रोजगारीका अवसर नपाउँदा चालु आर्थिक वर्षको वैशाख महिनामा ५६ हजार ८७ युवा रोजगारीका लागि विश्वका विभिन्न देशमा पुगेका छन् ।

जसमा महिला कामदारको संख्या ३ हजार ३८ रहेको छ । वैदेशिक रोजगार विभागका अनुसार वैशाख महिनामा नयाँ कामको खोजीका म्यानपावर मार्फत ३० हजार २ सय ४० जना युवा वैदेशिक रोजगारीका लागि विदेशिएका छन् । नयाँ कामको खोजीमा जाने कामदार मध्ये १९ सय ४४ जना भने महिला कामदार रहेका छन् । वैशाख महिनामा नयाँ कामको खोजीका सबैभन्दा बढी म्यानपार मार्फत १० हजार १ सय १४ युवा मलेसिया पुगेका छन् ।

यसैगरी नयाँ कामको खोजीका म्यानपावर मार्फत वैशाख महिनामा कतार ८ हजार ५ सय ८६, दुबई ५४ सय ६० र साउदी अरब जानको संख्या २९ सय ८३ रहेको विभागले जनाएको छ । वैशाख महिनामै इपीएस भाषा परीक्षा पास गरी सबै प्रक्रिया पुरा गरी कोरिया जाने कामदारको संख्या भने ९ सय ७८ जना छ । जसमा महिलाको संख्या ४७ रहेको छ । यसैगरी वैशाख महिनामा विदामा नेपाल आई पुनः रोजगारीकै लागि विदेश जाने कामदारको संख्या भने २२ हजार ४ सय ७९ रहेको छ ।
यस्तै गरी व्यक्तिगत भिसामा रोजगारीका लागि विदेश जानेको संख्या ८ सय ३९ र एकल वैधानिकरण गरी विदेश जानेको संख्या १५ सय ५१ रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);