विदेशिने ह्वात्तै बढे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

विदेशिने ह्वात्तै बढे

bidesh

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा वैदेशिक रोजगारीका लागि जाने नेपालीको संख्या ह्वात्तै बढेको छ ।

नयाँ २ लाख ३६ हजार ७ सय ७९ जनाले अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) लिएका छन । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो संख्या ८०.६ प्रतिशतले बढेको हो । यहीं अन्तिम श्रम स्वीकृति लिएको संख्याले नै विदेशमा गएका नेपालीलाई जनाउँछ । नयाँ मात्रै नभई पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि उल्लेख्य बढेको छ ।

सोही अवधिमा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १६.४ प्रतिशतले बढेको तथ्यांक छ । ५ महिनामा १ लाख १५ हजार ९ सय ४८ जनाले यस्तो श्रम स्वीकृति लिएका छन । प्रदेशगत रुपमा तुलना गर्दा मधेस प्रदेशबाट सबैभन्दा धेरै नागरिक वैदेशिक रोजगारीका लागि विदेसिएको देखिन्छ । गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको तथ्यांक हेर्दा यस्तो देखिएको हो । गत आर्थिक वर्षमा यो प्रदेशबाट १ लाख ६९ हजार ५ सय २१ जनाले श्रम स्वीकृति लिएका छन । यो गत आर्थिक वर्षमा लिइएको कुल श्रम स्वीकृतिको करिब २७ प्रतिशत हो ।
यस्तै, धेरै नागरिक वैदेशिक रोजगारीमा पठाउने प्रदेशमध्ये दोस्रो स्थानमा प्रदेश १ र तेस्रोमा लुम्बिनी प्रदेश रहेको छ ।

जसअनुसार गत आर्थिक वर्षमा श्रम स्वीकृित लिएका नेपालीमध्ये प्रदेश १ बाट करिब २१ प्रतिशत र लुम्बिनीबाट १८ प्रतिशत छन । जिल्लागत रुपमा धनुषा जिल्लामा सबैभन्दा बढी ४१ हजार २ सय ९३ श्रम स्वीकृति जारी गरिएको छ । दक्षताको आधारमा तुलना गर्दा आर्थिक वर्ष ०७८÷७९ मा जारी गरिएका कुल ६ लाख ३० हजार ९० श्रम स्वीकृतिमध्ये ४४.९ प्रतिशत श्रम स्वीकृति अदक्ष कामदारको लागि जारी गरिएको पाइएको छ । यसैगरी, ४६ दशमलब ३ प्रतिशत दक्ष कामदार र ८ दशमलब ६ प्रतिशत अर्धदक्ष कामदारले श्रम स्वीकृति लिएको पाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);