उपाधि उचाल्ने लक्ष्यका साथ तयारी गर्दै नेपाली टोली ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

उपाधि उचाल्ने लक्ष्यका साथ तयारी गर्दै नेपाली टोली ( भिडियो रिपोर्ट )

काठमाडौँ, पौष ५ \ माउण्टेन टेलिभिजन एच्डी। दक्षिण एशियाली राष्ट्रहरुको प्रतिष्ठित प्रतियोगिता मानिएको साफ फुटबल अन्तर्गतगको महिला यु–२० को चौथो संस्करण बंगलादेशको ढाकामा फेबु्रअरीमा आयोजना हुँदैछ । फेब्रुअरी ३ देखि ९ तारिखसम्म चल्ने प्रतियोगितामा बंगलादेशसहित भारत, भुटान र नेपालले सहभागिता जनाउँदैछन् । नेपाली टोली पनि उपाधि चुम्ने लक्ष्यका साथ सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा दिनहुँ ३÷४ घण्टा अभ्यासमा व्यस्त छ। यसअघि उपविजेता भन्दा माथि उक्लिन नसकेको नेपाली महिला टोली चौथो संस्करणमा च्याम्पियन बन्ने लक्ष्यका साथ अघि बढेको मुख्य प्रशिक्षक यामप्रसाद गुरुङ बताउँछन् ।

यता नेपाली राष्ट्रिय टोलीकी सदस्य प्रिती राई प्राविधिक र मानसिक हिसाव दुवै पक्षमा केन्द्रित रहेर अभ्यास गरिरहेकोले राम्रो नतिजा निकाल्नेमा ढुक्क रहेको बताइन् । प्रतिष्पर्धी टोली भारत र बंगलादेशमा अनुभवि र यु–१७ विश्वकप खेलेका खेलाडी भएपनि नेपाली टोलीले सुखद् नतिजाको लक्ष्य राखेर तयारी गरेको खेलाडी राईको भनाइ छ।

कुनै समय दक्षिण एसियामा बलियो टोलीको रुपमा रहेको नेपाली टोलीले अन्य दक्षिण एशियाली टोलीको तुलनामा अघि बढ्न नसकेको पछिल्ला केही प्रतियोगिताका नतिजाबाट प्रस्ट छ। प्रशिक्षक गुरुङ नेतृत्व तहबाट नै महिला टोलीको खेल स्तर सुधार गर्न ठोस कार्यक्रम नभएको बताउँछन् ।

नेपालले लगातार चौथो पटक सहभागिता जनाउन लागेको प्रतियोगितामा पहिलो खेल बंगलादेशसँग फेब्रुअरी ३ मा खेल्नेछ। फेब्रुअरी ५ मा भुटानसँग र फेब्रुअरी ७ मा भारतसँग लिगको अन्तिम खेल खेल्नेछ । सिंगल राउण्ड रोबिन प्रणालिमा आयोजना हुने प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् ।

Leave a Reply

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

८ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

८ घन्टा अघि

Duel Bet: The Casino Showdown

८ घन्टा अघि