एसिया यु–२० रग्बी सेभेन्सको तयारी पूरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

एसिया यु–२० रग्बी सेभेन्सको तयारी पूरा

काठमाडौं । नेपाल रग्बी संघले शनिवारदेखि शुरु हुने एशिया यु–२० रग्बी सेभेन्सको तयारी पूरा भएको जनाउँदै नेपालको दुवै टोली फाइनलसम्म पुग्ने आशा व्यक्त गरेको छ ।

नेपालमा दोस्रोपटक हुन लागेको एशिया रग्बीको प्रतिष्पर्धा शनिवारदेखि दशरथ रंगशालमा शुरु हुँदै छ । संघले शुक्रवार दशरथ रंगशालामा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताका लागि आफ्नो सम्पूर्ण तयारी पूरा भएको र प्रतिष्पर्धामा सहभागी हुने आठ टोली पनि नेपाल आइसकेको जानकारी दिएको छ । एशिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा हुने उक्त प्रतियोगितामा नेपालका पुरुष र महिला दुवै टोलीले प्रतिष्पर्धा गर्दैछन् । एशिया रग्बी सेभेन्समा पुरुष र महिलामा गरी नेपालसहित आठ राष्ट्रको सहभागिता रहनेछ ।

पुरुषतर्पm नेपाल समूह ‘बी’ छ । प्रतियोगिताकै बलियो टोलीका रूपमा हेरिएको हङकङसहित यस समूहमा भारत र मलेसिया छन् । यो समूहमा विजेता बन्दै उपाधि दाबेदारको रूपमा आफूलाई उभ्याउने तयारी नेपालको छ । तर, त्यसका लागि नेपालले पहिलो खेलमा भारतको चुनौति पार गर्नुपर्नेछ । महिलातर्पm भने राउन्ड रोविन लिगमा खेल हुनेछ । चार राष्ट्र सहभागी लिगको शिर्ष दुईमा रहँदै नेपाली महिला टोलीले फाइनलमा पुग्ने लक्ष्य लिएका छन् । महिलातर्फ भने नेपालले पहिलो खेलमा हङकङको सामना गर्नेछ ।

यस खेलमा करिव दुई सय विदेशी खेलाडी र २५ जना खेल निर्णायक नेपाल आएको संघले जनाएको छ । यसै प्रतियोगिताका लागि एशिया रग्बीका अध्यक्ष कायस अल धलाई नेपाल आइसकेका छन् । नेपालले उपाधि जित्ने लक्ष्यका साथ तयारी गरेको संघका महासचिव गोविन्द घिमिरेले बताए । प्रतियोगिताका लागि पछिल्लो ढेड महिनादेखि तयारी गरिरहेको र नेपालका दुवै टोलीले उपाधि जित्ने विश्वास घिमिरले व्यक्त गरेका छन् ।

यही आयोजनालाई लक्षित गरेर नेपालका दुवै युवा टोलीले पोखरामा ४५ दिनको बन्द प्रशिक्षण गरेका थिए । खेल आयोजना नजिकिएपछि काठमाडौं फर्किएका नेपाली टोलीले पछिल्लो ६ दिनदेखि दशरथ रंगशालामा अभ्यास गर्दै आइरहेका छन् । दुवै टोली श्रीलंकाली प्रशिक्षक सन विजेसिंघले प्रशिक्षणमा छन् । महिलातर्पm २२ प्रारम्भिक टोलीको पोखरामा ढेड महिनाको प्रशिक्षणबाट १५ सदस्यीय टोली घोषणा गरिएको थियो । पुरुषतर्पm पनि २९ सदस्यीय प्रारम्भिक टोलीबाट १६ सदस्यीय नेपाली टोली घोषणा गरिएको हो ।

पुरुषतर्पm पूर्वराष्ट्रिय खेलाडी विराट ऐडी र महिलामा सावित्री पूर्जाले श्रीलंकाली प्रशिक्षक विजेसिंघेको प्रशिक्षण टोलीलाई सघाउनेछन् । नेपालमा भएको पछिल्लो संस्करण यु–१८ रग्बी सेभेन्सका विजेता संयुक्त अरब इमिरेट्स (युइर्ए) ले यो प्रतियोगितामा प्रतिष्पर्धा गरेको छैन । यद्यपि, युथको प्रतिष्पर्धामा बलियो मानिएको हङकङ भने उपाधि जित्ने लक्ष्यका साथ आएको छ । मलेसियाले पनि बलियो दाबेदारी दिने लक्ष्य बनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);