विदेशी खेलाडीसहित फिफ्टिन रग्बी लिग च्याम्पियनसिप हुँदै | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

विदेशी खेलाडीसहित फिफ्टिन रग्बी लिग च्याम्पियनसिप हुँदै

काठमाडौं,२४ माघ । केही विदेश खेलाडीसहित पाँचौं फिफ्टिन रग्बी लिग च्याम्पियनसिप फागनुको पहिलो सातादेखि काठमाडौंमा हुने भएको छ । नेपाल रग्बी संघको आयोजनामा लिग फरम्याटको फिफ्टन रग्बी लिग फागनुको ६ देखि १२ गतेसम्म हुन लागेको हो । संघले मंगलवार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दियो ।

उक्त प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् । तीन विभागीय टोली नेपाल आर्मी क्लव, एपिएफ क्लव र नेपाल पुलिस क्लवका साथै गोर्खाली रग्बी क्लवले लिगमा प्रतिष्पर्धा गर्ने भएका छन् ।

गत संस्करण खेलका कालभैरव रग्बी क्लव र हिमालयन टाइगर रग्बी क्लवले भने यस पटक सहभागिता नजनाउने भएका छन् । संघका अध्यक्ष दीपक देवकोटाले रग्बी सेभेन्सभन्दा फिफ्टिन ‘ए’ साइड केही कठिन र रोमाञ्चक हुने भएकाले प्रतियोगितामा सहभागिताका लागि मापदण्ड तय गरिएको र सो मापदण्डअनुरूप नभएका क्लबलको सहभागिता अस्वीकृत गरिएको बताउनु भयो । फिफ्टिनको लिग खेल्न २० वर्षभन्दामुनिको खेलाडी रोक लगाइएको अध्यक्ष देवकोटाले बताउनु भयो ।

हरेक क्लवले न्युनतम २१ खेलाडी र अधिकतम् २६ खेलाडी समावेश गराउने मापदण्ड तय गरिएको संघले जनाएको छ । एउटा टोलीमा पाँच जना विदेश खेलाडी राख्न पाउने प्रावधान रहेको र गोर्खाली क्लवले पाँच खेलाडीको नाम दर्ता गराएको संघका महासचिव गोविन्द घिमिरेले जानकारी दिनुभयो । संघले हरेक क्लवलाई एक लाख ६० हजार रुपैयाँ प्रतियोगिताको तयारीका लागि बजेट उपलब्ध गराएको छ ।

प्रतियोगिताको विजेताले ७५ हजार र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी र पदक पाउनेछन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रतियोगिताका लागि तय गरेको खेलकुद बीमा यस प्रतियोगितामा पनि समावेश गरिएको संघले जनाएको छ । संघले यसै प्रतियोगितामार्पmत राष्ट्रिय टोली छनोटसमेत गर्ने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);