टुँडिखेलमा ’रग्बी फेस्टिभल’ हुदैँ, स्वस्तिमादेखि अभयाको प्रस्तुती | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

टुँडिखेलमा ’रग्बी फेस्टिभल’ हुदैँ, स्वस्तिमादेखि अभयाको प्रस्तुती

rugby

काठमाडौं, ५ मंसिर । रग्बी वर्ल्ड कप टुर ( नेपाल ’रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ कार्यक्रममा नेपाली संगीत तथा फिल्म क्षेत्रमा २ दर्जन भन्दा बढी कलाकारले एकै मञ्चमा आफ्नो प्रस्तुती दिने भएका छन् ।

नेपाल रग्बी एसोसियसनले फेम नेपालको आयोजनामा गर्न लागेको उक्त कार्यक्रम मङ्सिर २२ गते शनिवार टुँडिखेलमा हुनेछ । शो कार्यक्रममा वोर्ल्ड रग्बीको ट्रफी सार्वजनिक समेत गरिनेछ ।

उक्त लाइभ शोमा अभिनेत्री स्वस्तिमा खड्का, गायक सुगम पोखरेल, प्रमोद खरेल, आशिष राना ’लाउरे’, नितेश जंग कुवर, स्वप्न सुमन, एक्स ब्याण्ड, अभया एण्ड द स्टिम ब्याण्ड, डिजे सुरेन, डिजे कुइन् लागायत २ दर्जन बढी कलाकारले आफ्नो प्रस्तुती राख्नेछन् ।

कमेडियन नायक सन्दिप क्षेत्री र शुभेक्षा खड्काले संचालन गर्ने कार्यक्रम बिहान १० बजे देखी साँझ ७ बजे सम्म हुनेछ । कार्यक्रम स्थलमा स्टल राख्न चाहनेहरुका लागि स्टल बुकिङ समेत खुल्ला गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);