'टुबोर्ग मेराकी लाइभ : जोनिता गान्धी ईन नेपाल' आज हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

‘टुबोर्ग मेराकी लाइभ : जोनिता गान्धी ईन नेपाल’ आज हुँदै

jonita gandhi

काठमाडौं, २९ भदौ । मेराकी इभेन्ट तथा यस के भेन्चरको आयोजनामा भाद्र २९ गते (शुक्रबार)का दिन काठमाडौं स्थित होटेल अन्नपूर्णमा ‘टुबोर्ग मेराकी लाइभ: जोनिता गान्धी ईन नेपाल’ नामक कार्यक्रम आयोजना हुँदै छ ।

यस कार्यक्रमको लक्ष्य बिदेशी संगीतकार तथा नेपाली संगीतकारलाई एउतै स्टेजमा प्रस्तुति गराउने रहेको छ। स्वहि अनुसार यस पटकको संस्करणमा जोनिता गान्धीसँगै दिपक बज्रचार्य तथा रिदम ब्याण्ड र ज्योभन भुजुले पनि आफ्नो प्रस्तुति दिने छन्।

कार्यक्रम साौँझ ५ बजे देखि सुरु हुनेछ। यस कार्यक्रममा मनोरन्जनात्मक प्रस्तुतिका साथै क्याश बार र क्याश फूड काउन्टरको पनि व्यवस्था गरिएको छ ।

यस कार्यक्रमको टिकट मूल्य दुई प्रकारको रहेको छ । प्लाटिनम टिकटको मूल्य तीन हजार र गोल्ड टिकटको मूल्य दुई हजार रहेको छ। कार्यक्रममा सहभागी हुने मध्ये २ जना भाग्यसाली दर्शकले पुरस्कार स्वरूप कार्यक्रममा प्रस्तुति दिने कलाकार बाट साइन गरिएको गितार प्राप्त गर्ने छन् ।

अघिल्लो समाचार

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);