बेलायतमा हेमन्त कान्छा रसाइलीको एकल सारंगी साँझ हुँदै  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

बेलायतमा हेमन्त कान्छा रसाइलीको एकल सारंगी साँझ हुँदै 

काठमाडौं । सारंगी वादक हेमन्त कान्छा रसाइलीले बेलायतमा एकल सारंगी  साँझको आयोजना गर्ने भएका छन् । विगत ४ महिनादेखि बेलायतमा नै रहेर लगातार सांगीतिक कार्यक्रममा व्यस्त रहेका गायक तथा सारंगी वादक रसाइलीको सारंगी साँझ २५ भदौ (१० सेप्टेम्बर) शनिबार दिन अल्डरसटस्थित एम्पायर हलमा हुने भएको छ ।

मन ट्राभलको आयोजनामा हुन लागेको सारंगी साँझमा उनले आफूले अहिलेसम्म गाएका गीतहरुमा दिएका धुन र उनले भरेका १२ हजार गीतमध्ये सबैभन्दा चल्तिका सारंगीको धुनसमेत सारंगी साँझमा सुनाउने छन् ।

चार दर्जनभन्दा बढी गीतहरूमा आवाज सँगै सङ्गीत रचना उनी आफ्नो कलामार्फत् विभिन्न सारंगीको धुन र गीतमार्फत् बेलायतबासीलाई मनोरञ्जन दिने तयारीमा जुटिरहेका छन् ।

उनी गाएक मात्र नभई सारंगी वादक भएको नाताले आफ्नो चलिरहेको कार्यक्रम सारंगीसँग चर्चित कार्यक्रम छायांकन सँगै आफू र सँगै आएका गायिका विमला श्रीष र गीता पाइजा मगरको पनि प्रस्तुती रहनेछ । उनले गाएका बालापन, भाग्यमानी, किन होला खै, लाहुर, फूल रोको कसले देख्छ र, कर्मै हाराको, रेलको ढोका बनलागायत झलकमान गन्धर्वको सम्झनामा हे बरै जस्ता कालजयी गीतहरु गुन्जएमान हुने र कार्यक्रमको अन्तिम चरणमा विमला र हेमन्तले लाइभ दोहोरी गाएर सबै दर्शकलाई नचाउने कार्यक्रम समेत रहेको उनले बताए ।

म्याग्दीको मालिका गाउँपालिका–४ चिउरीबोट मठ्ठ डाँडामा जन्मिएका हेमन्तले यस कार्यक्रम गर्नुको विषेश उद्देश्य भनेकै सारंगीको संरक्षण रहेको  बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);