लिम्बूको‘मैच्याङको गालाको कोठी’गीत सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

लिम्बूको‘मैच्याङको गालाको कोठी’गीत सार्वजनिक

काठमाडौं,२४ माघ । खुशी लिम्बूको‘मैच्याङको गालाको कोठी’गीत सार्वजनिक भएको छ । खुशी लिम्बू र सुनिता थेगिमको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । जानू काम्बाङ् लिङदेनको शब्द रहेको यस गीतको संगीत तारा प्रकाश लिम्बुले गरेका हुन् । गीतको भिडियोमा खुशी लिम्बू स्वयं र मोडल तथा अभिनेत्री बिमला खजुम लिम्बूको अभिनय रहेको छ ।

भिडियोको कोरियोग्राफी सुरेश पाण्डे र छायाङकन सौरभ लामाले गरेका हुन् भने सम्पादन अनिल राना तथा श्रृङ्गार सञ्जु थल्लङले गरेकी हुन् । गीत खुशी लिम्बूको अफिसियल युट्युब च्यानलबाट प्रसारण गरिएको छ ।

आफैंले गाएको गीतमा अभिनय गरेर कला क्षेत्रमा खुशी लिम्बूले पहिलो कदम राखेका छन् । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूके, आदिवासी जनजाति महासंघ यूके लगायत बेलायत र हङकङका एक दर्जन जति सामाजिक र राजनीतिक संस्थाहरुमा खुशी लिम्बूले नेतृत्वदायी भूमिकामा रहेर काम गरेका छन् । उनी हाल नेपाल मामिला डट कमका प्रधान सम्पादक नेपालमा एक लगानीकर्ता हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);