बिजेता वन्ने लक्ष्यका साथ नेपाली टोली मैदान उत्रदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८३, शुक्रबार

बिजेता वन्ने लक्ष्यका साथ नेपाली टोली मैदान उत्रदै

काठमाडौं, ७ कात्तिक । बिहिवारवाट हुने अन्डर १५ नेपाली राष्ट्रिय टोलीका प्रशिक्षकले साफ अन्डर १५ च्याम्पिएनसिपमा नेपालले ट्रफि जित्ने गरि खेल्ने बताएका छन् ।

बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अन्डर फिफ्टिन नेपाली राष्ट्रिय टोलीका प्रशिक्षकले साफ अन्डर फिफटिन च्याम्पिएनसिपको बिजयी टोली हुने उद्देश्यका साथ नेपाली टोली मैदान उत्रने बताए ।

सहायक प्रशिक्षक मनिष तिम्सेनाले युथहरुको खेल प्रतिष्पर्धी नै हुने गरेको भएपनि विजय सुनिश्चितका लागि प्रयत्न गरिने बताए ।

बिहिबार देखि सातदोबाटोस्थित एन्फाको फुटबल मैदानमा हुने खेलमा नेपालको १५ बर्ष मुनिको राष्ट्रिय युवा टिम लगायत बंगलादेश, भारत, भुटान र पाकिस्तानी टिमको सहभागीता हुनेछ । दक्षिण एशियाली फुटबल महासंघ साफको कार्यक्रम अनुसार नै एन्फाको आयोजनामा साफ अन्डर फिफटिन च्याम्पीएनसिप २०१८ हुन लागेको हो ।