वैदेशिक रोजगारीमा जान अन्तिम श्रम स्वीकृति लिनेको संख्या उल्लेख्यरुपमा वृद्धि  | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८०, शुक्रबार

वैदेशिक रोजगारीमा जान अन्तिम श्रम स्वीकृति लिनेको संख्या उल्लेख्यरुपमा वृद्धि 

काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो दश महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा उल्लेख्य वृद्धि भएको जनाएको छ।

राष्ट्र बैंकले आज जारी गरेको विवरण अनुसार २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा २ लाख ७८ हजार २९८ जनाले वैदेशिक रोजगारीमा अन्तिम श्रम स्वीकृति लिएका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ६८.४ प्रतिशतले घटेको थियो।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पछिल्लो द श महिनामा १८५.५ प्रतिशतले वृद्धि भई २ लाख ३० हजार ४६६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५४.० प्रतिशतले घटेको थियो।

Leave a Reply