सार्वजनिक यातायातको भाडा फेरि बढ्यो    | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सार्वजनिक यातायातको भाडा फेरि बढ्यो   

काठमाडौं। सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ। यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका मालबाहक तथा यात्रुबाहक सवारीको भाडादर बढाएको जनाएको छ। यसअघि ११ जेठमा यात्रुबाहक सवारीको भाडा २ प्रतिशतले घटाएको थियो ।  अहिले यात्रु बाहकको २.५ प्रतिशतले भाडा बढेको विभागले जनाएको छ। त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा ३.३ प्रतिशतले र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा ३.७ प्रतिशतले बढेको छ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थकाे मूल्य बढाएसँगै विभागले पनि गाडी भाडा बढाउने निर्णय गरेको हो। निगमले डिजेलको मूल्यमा एकै पटक १२ रूपैयाँ बढाएको थियो। विभागले इन्धनको मूल्य थपघटका आधारमा ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्दै आएको छ। प्रदेशहरूले यसै आधारमा छोटो दूरीको सवारी भाडा बढाउनेछन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);