चालु आर्थिक बर्षमा १ लाख ४० हजार नेपाली विदेशिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

काठमाडौं, १५ बैशाख । आर्थिक वर्ष २०७४-७५ को पछिल्लो ९ महिनामा रोजगारीका लागि १ लाख ४० हजार नेपाली विदेश पलायन भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्यांक अनुसार २०७४ चैत्रसम्ममा एक लाख ३४ हजार ७ सय ७२ पुरुष र पाँच हजार ३ सय ७८ महिला पूर्वस्वीकृति लिएर विदेश गएका हुन् ।

जसमा सबैभन्दा बढी मलेसिया पुगेका छन् भने जापान जानेको संख्या कम छ । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत पनि यो अवधिमा नेपालीहरु विदेश पुगेका छन् । ईपीएस परीक्षा उत्तीर्ण ७ सय १५ पुरुष र ५९ महिला दक्षिण कोरिया गएका हुन् ।

चैतमा मात्र ११ हजार ४ सय ३ जना नेपाली मलेसिया पुगेका छन् । जापानमा भने चार जना मात्र रोजगारीका लागि गएको मन्त्रालयको तत्थाङ्कमा उल्लेख छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);