च्याउ खेतिबाटै मासिक २ लाख आम्दानी | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

च्याउ खेतिबाटै मासिक २ लाख आम्दानी

chau kheti

डडेल्धुरा, १५ बैशाख । डडेल्धुराका युवा कृषि पेशा तर्फ आकर्षित भएका छन् । रोजगारीको खोजिमा युवा विदेश पलयान भइरहेका बेला यहाँका केही युवा भने च्याउ खेतिबाट मनग्गे आम्दानी गरीरहेका छन् ।

रोजगारीका लागि विदेश जाने तयारी गरेका डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका केही युवा अन्नतः आफ्नै ठाउँमा राम्रो आम्दानी गरिरहेका छन् । उनीहरुलाई च्याउ खेतिले बेदेश पलायन हुनबाट रोक्यो । च्याउ खेतिबाटै मासिक १ देखि २ लाख आम्दानी हुनथालेपछि उनीहरु उत्साहीत छन् ।

गन्यापधुरा गाउँपालिका–१ भाँतकाडामा केही युवालाई साथमा लिएर खेमराज जोशीले च्याउ खेति सुरु गरेपछि अन्य युवाले पनि उनको सिको गरेका छन् । जोशीले जस्तै हिरा भण्डारीले पनि गन्यापधुरा गाउँपालिका–२ वडालमा जमिन भाडामा लिई च्याउ खेति गेरेका छन् । राम्रो आम्दानी हुन थालेपछि उनीहरुले च्याउ खेतीको विस्तार गर्ने योजनासमेत बनाएका छन् ।

उनीहरुले दैनिक १ क्विन्टल भन्दा बढी च्याउ विक्रि गरिरहेका छन् । अहिले कन्ने च्याउको उत्पादन गरिरहेका युवाहरु गोव्रो च्याउको पनि उत्पादन गर्ने तयारीमा छन् । यहाँ उत्पादित च्याउ डडेल्धुरा सदरमुकामसहित आसपासका क्षेत्रमा विक्रिवितरण भइरहेको छ । उनीहरुको कामलाई प्रोत्साहन गर्न गन्यापधुरा गाउँपालिकाले पनि आर्थिक र प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

पछिल्लो समय युवाहरु रोजगारीको खेजीमा विदेश पलायन र शहर केन्द्रित हुँदा खेतियोग्य जमिन बाँझिएको छ । यस्तो अवस्थामा युवापुस्ताले कृषिमा देखाएको लगाबलाई प्रोत्सान गर्दै कृषि पेशालाई आधुनिकिकरण गर्न सेकेमा रोजगारीको सिर्जना हुनुका साथै राष्ट्रिय अर्थतन्त्रमा पनि सहयोग पुग्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);