च्याउ खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

च्याउ खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी

chyau kheti

विवश कुमार सेजुवाल
सुर्खेत, १२ चैत
। सुर्खेतमा पछिल्लो समय कृषिप्रति सर्वसाधरणको आर्कषण बढ्दो देखिएको छ । होटल व्यवसायमा लागेकाहरु पनि अचल व्यवसायिक कृषि खेतीतर्फ आकर्षित हुन थालेका छन् । होटल व्यवसाय छोडेर च्याउ खेती गर्न थालेका सुर्खेत वीरेन्द्रनगरका एक कृषक च्याउ खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी गर्न सक्ने भएका छन् ।

रोजगारीका लागि विदेशीनेको सख्ंयामा दिनप्रतिदिन बृद्धि भई रहेको बेला सुर्खेत वीरेन्द्रनगरका निर्मल केसी भने यतिबेला च्याउ खेतीमा व्यस्त छन् । शुरुमा होटल व्यवसाय गर्ने केसी अहिले पुरानो पेशा छोडी च्याउको व्यवसायिक खेती गरिरहेका छन् । च्याउ खेतीमा उनी जिल्लाकै नमूना बन्दैछन् । दुई लाख ५० हजारको लगानीमा तीन वर्ष अघि च्याउ खेती सुरु गरेका उनी अहिले वार्षिक १२ लाखसम्म आम्दानी गर्ने भएका छन् । च्याउको बजारीकरणका लागि कुनै समस्या नभएको बताउने केसी दैनिक ६० देखि ७० किलोसम्म च्याउ बिक्रि गर्दै आईरहेका छन् ।

केसी च्याउ खेतीमा आफू मात्र सक्रिय छैनन् । अन्य ९ जनालाई समेत रोजगारी दिएका छन् । केसीका अनुसार एक वर्षमा तीन पटकसम्म च्याउ उत्पादन गर्न सकिन्छ । यो ब्यावसायमा भविश्य राम्रो देखेर नै लागेको उनको भनाई छ । च्याउ खेतीलाई विस्तार गरी फरक प्रजातिका च्याउको पनि उत्पादन गर्ने योजना उनले बनाएका छन् ।

निर्मलको च्याउ खेति अहिले कर्णाली प्रदेशमै नमूना बनेको छ । च्याउ खेती हेर्न पुग्नु भएकी कर्णाली प्रदेश सरकारका भुमि ब्यावस्था तथा कृषि सहकारी मन्त्री बिमला केसीे खेती गरेको देखेर उत्साहा पैदा भएको बताए । कर्णाली प्रदेशमा ब्यावसायीक कृषि खेतीलाई प्रेरित गर्न उत्पादित कृषि उपजहरुलाई सङकलन तथा प्याकिङ गरी बिक्री गर्ने योजना रहेको मन्त्री केसीले बताए ।

सुर्खेत वीरेन्द्रनगरका निर्मल केसी व्यवसायिक च्याउ खेती गर्ने कर्णाली प्रदेशकै एक नमूना कृषक हुन । जसलाई प्रतिनिधिमूलक कृषकका रुपमा लिन सकिन्छ । यस्ता धेरै कृषक हुन सक्छन, जसले नेपालमै थोरै लगानी गरेर पनि मेहनत गरी मनग्य आम्दानी गर्न सकिन्छ भनेर देखाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);