कञ्चनपुरको ब्रह्मदेव बजारमा चहलपहल बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

कञ्चनपुरको ब्रह्मदेव बजारमा चहलपहल बढ्यो

पुष्कर भट्ट
कञ्चनपुर, १२ चैत । वर्षमा नौ महिना सुनसान रहने कञ्चनपुरको ब्रह्मदेव बजारमा अहिले चहलपहल बढेको छ । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र भारत उत्तराखण्ड प्रदेशको चम्पावत जिल्लाका धार्मिक शक्तिपिठमा एकसाथ मेला शुरु भएका कारणले नेपाल र भारतको सिमामा रहेको ब्रहमदेव बजारमा चहलपहल बढेको हो ।

नेपाल र भारतका धार्मिक पिठमा फागु पुर्णिमादेखि एकसाथ पुर्णागिरी धार्मिक मेला सुरु भएको छ । मेला सुरु भएसँगै नौ महिना सुनसान रहने कञ्चनपुरको ब्रह्मदेव बजारमा चहलपहल बढेको छ ।

फागु पुर्णिमादेखि सुरु हुने ब्रह्ममेला असारको औँसीसम्म चल्ने गर्दछ । पुर्णागिरी मन्दिरको दर्शन गरेर नेपाल कञ्चनपुरका सिद्धनाथ र सिद्धबाबा मन्दिरको दर्शन गरे मात्रै पुर्णागिरीको दर्शन पुरा हुने धार्मिक विश्वासका साथ दर्शनार्थी त्यहाँको शक्तिपिठमा वषौँदेखि आउने गर्दछन् ।

झण्डै तीन महिनासम्म चल्ने ब्रम्हदेब मेलामा चहलपहल बढेसंगँै मेलामा सहभागी भएर स्थानीय व्यापारीहरु आफ्नो जिविकोपार्जन गर्दै आईरहेका छन् । बजारका स्थानीय ब्यापारीहरु तीन महिनासम्म चल्ने पुर्णागिरी मेलाकै कारण ब्रह्मदेवका स्थानीय साना तथा ठुला व्यापारीको वर्षभरीको जीवन चलेको बताउँछन् ।

विगत १२ वर्षदेखि ब्रह्मदेव बजारमा व्यावसाय गर्दै आएका बाबु पाण्डेय पनि तीन महिने मेला अवधिभर व्यापार हुने र बांकी नौ महिना खाली नै बस्नुपर्ने अवस्था रहेको र शिद्धनाथ मन्दिर दर्शन गर्न आउने पर्यटक कै कारण बजारमा रौनक आएको बताउँछन् ।

ब्रह्मदेव बजारका व्यापारीहरुका अनुसार मेलामा आउने धार्मिक पर्यटकहरुले तन्ना, टर्च, कटन, कपन लगायतका घरायासी सामान बढी किनमेल हुने बताउँछन । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्ल नेपाल भारतको सीमामा छोटी भन्सार कार्यालयको स्थापना भईदिए ब्रह्मदेव बजारको व्यापार बाह्रै महिना चल्ने र यसका लागि सरकारले पहल गर्नु पर्ने बताउँछन् ।

भारतको पुर्णागिरी मन्दिरको दर्शन गरेर नेपालमा कञ्चनपुरको सिद्धनाथ र सिद्धबाबा मन्दिरको दर्शन गरे मात्रै पुर्णागिरीको दर्शन पुरा हुने स्थानीयमा धार्मिक विश्वास रहेको पाइन्छ । त्यही विश्वासका साथ शक्तिपिठमा वषौँदेखि दर्शनार्थी पुग्ने गर्दछन् । ब्रम्हदेबमा दैनिक १० हजार भन्दा बढि दर्शकहरु पुग्ने गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);